१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार o८:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

उमाचोकमा सुन्तला उत्पादनमा कमी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार o८:o१:oo

म्याग्दे गाउँपालिका– २ स्थित उमाचोकका कृषक चिन्तित बनेका छन् । बगैँचामा लगाएको सुन्तला कुहिने, झर्ने भएपछि उनीहरू निराश भएका हुन् । सुन्तलाले दाना हाल्ने समयमा अत्यधिक वर्षा र असिना परेपछि सुन्तला उत्पादनमा कमी आएको हो । गत वर्ष यो गाउँबाट दुई करोडको सुन्तला बिक्री भएको थियो । तर, यस वर्ष उत्पादन घटेको छ । 

यस वर्ष सुन्तलाको उत्पादन घटेको कृषक विश्वबहादुर अधिकारीले बताए । ‘गत वर्ष यहाँ एउटै गाउँबाट दुई करोडको सुन्तला बिक्री भएको थियो । यो वर्ष असिना र पानी परेर सुन्तला झरे । बोटमा भएका पनि कुहिन थालेका छन्,’ उनले भने । अधिकारीले गत वर्ष ५५ लाखको सुन्तला बिक्री गरेको बताए ।

‘अहिले गत वर्षको तुलनामा ५० प्रतिशत पनि सुन्तलाको कारोबार गर्न कठिन छ,’ उनले भने । बोटमा सुन्तला राम्रो नफलेपछि कृषक निराश भएका हुन् । सुन्तला पाक्ने सिजनमा पखेराभरिका बगैँचामा लटरम्म फल्ने गरे पनि यसपटक भने त्यस्तो छैन । गत वर्ष ३० लाखको सुन्तला बिक्री गरेका निर्मल अधिकारीले यसपटक सुन्तलाले राम्रो दाना नहालेको बताए । 

ad
ad