१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार १६:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

अटो रिक्सा दुर्घटनामा एक बालकको मृत्यु, आठजना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १६:o२:oo

अटो रिक्सा दुर्घटनामा एक बालकको मृत्यु भएको छ भने आठजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार गाईघाट–दिक्तेल सडकखण्डमा पर्ने त्रियुगा नगरपालिका– १४ दियालेमा प्र. १–०५–००१ ह ००२७ नम्बरको अटो दुर्घटना भएको हो।

मृत्यु हुनेमा त्रियुगा नगरपालिका– ४ का तीर्थ मगरका पाँच वर्षीय छोरा नुजल मगर रहेका छन्। उनको उपचारका क्रममा जिल्ला अस्पताल गाईघाटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राकेशकुमार पोदारले जानकारी दिए। उनका अनुसार आठजना सामान्य घाइते भएका छन्।

ad
ad