१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका नयाँ पत्रिका
२०७९ कार्तिक २२ मंगलबार १०:३८:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बद्रीलालले जिते समृद्धि फाइनान्स नेसनल भेट्रान चेस च्याम्पियनसिप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, नयाँ पत्रिका
२०७९ कार्तिक २२ मंगलबार १०:३८:००

पूर्वनेसनल च्याम्पियन बद्रीलाल नेपालीले समृद्धि फाइनान्स पाँचौँ नेसनल सिनियर (भेट्रान) चेस च्याम्पियनसिपको उपाधि जितेका छन् । नेपाल बुद्धिचाल संघको आयोजना तथा समृद्धि फाइनान्सको मुख्य प्रायोजनमा सम्पन्न च्याम्पियनसिपमा उनले उपाधि जितेका हुन् । 

पाँचौँ चरणसम्म एकल अग्रता बनाएका क्यान्डिडेट मास्टर नवीन तण्डुकारलाई छैटौँ चरणमा हराउन सफल भएका बद्रीलालले सातौँ चरणका खेलमा जनार्दन श्रेष्ठसँग बराबरीको नतिजा निकालेका थिए । तीनपटकका नेसनल च्याम्पियन रहिसकेका बद्रीलालको ५० वर्षमाथिको उमेर समूहमा पहिलो उपाधि रहेको जनाइएको छ । उनले समग्रमा ५ दशमलव ५ अंक जोडेर टाइब्रेकरका आधारमा च्याम्पियन बन्दै ५० हजार नगदसमेत प्राप्त गरेको फाइनान्सले जनाएको छ ।  

समान ५ दशमलव ५ अंक बनाएका फिडेमास्टर विलमलाल श्रेष्ठ तथा पुण्यमान कर्माचार्य क्रमशः दोस्रो तथा तेस्रो भएका छन् । पूर्वनेसनल च्याम्पियन विलमलालले छैटौँ चरणमा रुपन्देहीका विजय गुरुङ एवं सातौँ चरणमा नवीन तण्डुकारलाई पराजित गर्दै ३० हजार नगद जितेको जनाइएको छ । त्यसैगरी, अर्का नेसनल च्याम्पियन पुण्यमानले छैटौँ चरणमा मोरङका भरत धिमाल र सातौँ चरणमा काठमाडौंका राजेन्द्रप्रसाद श्रेष्ठलाई हराएर तेस्रो हुँदै २० हजार नगद प्राप्त गरेको जनाइएको छ ।