मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एजेन्सी एडिलेड
२०७९ कार्तिक २१ सोमबार ०९:०२:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

टी–२० विश्वकप क्रिकेट : भारत र पाकिस्तान सेमिफाइनलमा

Read Time : > 1 मिनेट
एजेन्सी, एडिलेड
२०७९ कार्तिक २१ सोमबार ०९:०२:००

समूह चरणको अन्तिम दिन दक्षिण अफ्रिका नेदरल्यान्ड्ससँग स्तब्ध हुँदा भारत र पाकिस्तान आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । सुपर १२ अन्तर्गत समूह २ मा भारत शीर्ष स्थान र पाकिस्तान दोस्रो स्थानमा रहँदै अन्तिम चारमा पुगेका हुन् । भारतले पाँच खेलबाट आठ अंक जोड्यो । पाकिस्तान ६ अंकसहित समूह उपविजेता बन्यो । समूह चरणको अन्तिम प्रतिस्पर्धामा नेदरल्यान्ड्सलाई हराउँदा दक्षिण अफ्रिका सहजै सेमिफाइनलमा पुग्ने थियो । नेदरल्यान्ड्स पराजित हुँदा एक खेलअगाडि नै पाकिस्तानको सेमिफाइनलमा पुग्ने सम्भावना समाप्त हुने थियो । 

तर, नेदरल्यान्ड्स बलियो प्रतिद्वन्द्वी दक्षिण अफ्रिकामाथि जित निकाल्दा विश्वकपमा पुनः एकपटक अप्रत्याशित नतिजा आयो । दक्षिण अफ्रिका पाँच अंकसहित तेस्रो स्थानमा छ । दक्षिण अफ्रिकाले लगातार तीन खेलमा जित निकाली अन्तिम चारको सम्भावना बलियो बनाएको थियो । लगातार दोस्रो हारले दक्षिण अफ्रिकाको विश्वकप यात्रा सुपर १२ सम्म मात्र सीमित भयो । दक्षिण अफ्रिका पाकिस्तानसँग चौथो खेलमा पराजित भएको थियो । नेदरल्यान्ड्स र बंगलादेशले समान चार अंक जोडेका छन् । तीन अंक जोडेको जिम्बावे समूह चरणबाटै बाहिरिएको छ । 

दक्षिण अफ्रिका स्तब्ध
दक्षिण अफ्रिकालाई समूहको अन्तिम खेलमा नेदरल्यान्ड्सलाई पराजित गर्दै सेमिफाइन पुग्ने सुनौलो अवसर थियो । तर, एडिलेडमा नेदरल्यान्ड्सलाई १३ रनले नजिता सुम्पिँदा दक्षिण अफ्रिका लज्जास्पद हार बेहोर्न बाध्य भयो । नेदरल्यान्ड्सले प्रस्तुत गरेको एक सय ५९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ४५ रन मात्र बनाएको थियो ।

 साहिन शाह अफ्रिदीले करिअरकै उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि पाकिस्तानले बंगलादेशलाई पाँच विकेटले पराजित गर्दै अन्तिम चारको स्थान बनायो । बंगलादेशले प्रस्तुत गरेको एक सय २८ रनको लक्ष्य पाकिस्तानले १८.१ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गरेको थियो । यसअघि टस जितेर ब्याटिङ रोजेको बंगलादेशले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय २७ रन बनाएको थियो । 

भारतको सहज जित
नेदरल्यान्ड्सको जितले एक खेलअघि नै सेमिफाइनल पुगेको भारतले अन्तिम खेलमा जिम्बावेलाई ७१ रनले पराजित ग¥यो । एक सय ८७ रनको लक्ष्य पछ्याएको जिम्बावेले १७.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय १५ रनमा समेटिएपछि भारत शीर्ष स्थानमा रहने पक्का भएको थियो ।