मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ कार्तिक २० आइतबार ०७:२५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

दीपक मनाङे भन्छन्– एक रातमै रक्सीमा १५ लाख सकिन्छ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ कार्तिक २० आइतबार ०७:२५:००

निर्वाचन आयोगले १४ कात्तिकमा गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री एवं गण्डकी प्रदेश सभा सदस्यका लागि मनाङ (ख) उम्मेदवार राजीव गुरुङ (दीपक मनाङे) लाई स्पष्टीकरण सोध्यो । स्पष्टीकरणको सन्दर्भ थियो– मनाङेले दिएको विवादास्पद अभिव्यक्ति ।

‘जुन अहिले निर्वाचन आयोगले ३३ लाख, ३० लाखभन्दा बढी खर्च गर्नुहुँदैन भनेको छ, ३० लाखमा नेपालमा कहीँ चुनाव जित्छ यार ? मनाङमा एक दिन नोमिनेसन गर्न जाँदा १५ लाखको त रक्सी खाइदिन्छन्,’ एक अन्तर्वार्तामा उनले भनेका थिए ।

खासमा निर्वाचन आयोगले दिएको प्रतिउम्मेदवार ३० देखि ३३ लाखको खर्चको सीमा अव्यावहारिक भएको मनाङेले प्रस्ट्याउन खोजेका थिए । चुनावी प्रचार र परिचालनको तामझाम हेर्दा एक सय ६५ जना प्रतिनिधिसभाका प्रत्यक्ष र तीन सय ३० जना प्रदेश सभाका प्रत्यक्षतर्फका ठूला दलका उम्मेदवारले आयोगले तोकेको सीमाभित्रै खर्च गर्छन् भनेर पत्याउने कुनै आधार छैन ।

त्यस अर्थमा कतिपयले मनाङेको तर्कलाई एउटा कोणबाट स्वाभाविक मान्न पनि सक्छन् । उनको निर्वाचन क्षेत्रमा अरूको उम्मेदवारी नभएपछि मनाङे गण्डकी प्रदेश सभामा निर्वाचन परिणाम घोषणासँगै निर्विरोध निर्वाचित हुँदै छन् । यससँगै मनाङे हेलिकोप्टर चार्टर गरेर मतदाता ओर्सानुपर्नेलगायत खर्चबाट जोगिएका छन् ।