१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
२o८१ जेठ ७ सोमबार १७:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

बुटवल मण्डपमा प्रदर्शनी सचिवालय स्थापना, स्टल दर्ता सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार १७:१५:oo

बुटवलमा १५औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०७९ को तयारी सुरु गरिएको छ। रुपन्देही उद्योग संघ, नेपाल उद्योग परिसंघ तथा लुम्बिनी प्रदेश उद्योग संघको संयुक्त आयोजनामा आगामी पुस ७ देखि १९ सम्म बुटवलमा हुन गइरहेको महोत्सवको तयारीस्वरूप प्रदर्शनीस्थल बुटवल मण्डपमा प्रदर्शनी सचिवालय स्थापना गरिएको छ।

संघका अध्यक्ष तथा प्रदर्शनी आयोजना मूल समितिका संयोजक माधवप्रसाद पौडेलले शुक्रबार विधिपूर्वक पूजाआजा गरी बुटवल मण्डपमा प्रदर्शनी सचिवालयको शुभारम्भ गरेका हुन्। सो अवसरमा संघका पूर्वअध्यक्षहरू, कार्यसमितिका पदाधिकारी, सदस्य तथा सल्लाहकारहरूको उपस्थिति रहेको थियो।

प्रदर्शनी सफलतापूर्वक सम्पन्न गर्न आवश्यक तयारीका कामहरू द्रुत गतिमा अगाडि बढाउने लक्ष्यसहित मण्डपमा सचिवालय स्थापना गरिएको संघका महासचिव हरिबहादुर खत्रीले बताए। शुक्रबारबाट प्रदर्शनी तथा उद्योग संघको सबै काम सचिवालयबाट हुने महासचिव खत्रीले जानकारी दिए।

अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा पहिलोपटक आयोजना हुन लागेको औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताहरूले नयाँ स्वाद र व्यवस्थापन हेर्न पाउने संघका अध्यक्ष पौडेलले बताए।

प्रदर्शनीमा सहभागिताका लागि स्टल दर्ताको काम सुरु भएको संघका प्रमुख कार्यकारी अधिकृत यादवप्रसाद भण्डारीले बताए। उनका अनुसार प्रदर्शनीमा विभिन्न प्रकृतिका करिब पाँच सय स्टलहरू रहने र शुक्रबारसम्म ५० स्टल दर्ता भएका छन्।

ad
ad