१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १८ शुक्रबार
  • Sunday, 11 May, 2025
२o७९ कार्तिक १८ शुक्रबार १६:३५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

रुसले बेलायती राजदूतसँग माग्यो स्पष्टीकरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक १८ शुक्रबार १६:३५:oo

रुसले बेलायती राजदूतसँग स्पष्टीकरण मागेको छ। ब्ल्याक सीको सेभास्टोपोल बन्दरगाहमा आफ्ना पानीजहाजमाथि युक्रेनले गरेको हमलामा बेलायतको संलग्नता रहेको भन्दै रुसले बेलायती राजदूतसँग स्पष्टीकरण मागेको हो। 

बिहीबार रुसी विदेश मन्त्रालयले राजदूत डेबोरा ब्रोनर्टलाई मन्त्रालय बोलाएर ब्ल्याक सीमा आफ्ना जहाजमाथि गरिएको युक्रनी आक्रमणसम्बन्धी स्पष्टीकरण लिएको दी गार्जियनले जनाएको छ। 

बेलायतले द्वन्द्व बढाउने गतिविधिमा संलग्न भएकोमा आपत्ति जनाउँदै मस्कोले त्यसले अप्रत्याशित जोखिम र परिणाम निम्त्याउने चेतावनी दिएको छ।

द्वन्द्वमा प्रत्यक्ष प्रभाव पार्ने आक्रामक कार्य जारी रहेमा त्यसले दुई देशबीचको सम्बन्धमा पनि तनाव निम्त्याउने बताउँदै विदेश मन्त्रालयले त्यसको जिम्मेवारी  बेलायतले लिनुपर्ने आफ्नो विरोधपत्रमा उल्लेख गरेको छ। 

बढ्दो वैमनस्यपूर्ण एवं उत्तेजक गतिविधिप्रति असहमति जनाउँदै क्रेमलिनले त्यस्ता गतिविधि तत्काल बन्द गर्न माग गरेको विदेश मन्त्रालयले ट्विटमार्फत जानकारी गराएको छ। युक्रेनी नौ सेनाका साथै युक्रेनी सैन्यबलका गोताखोरलाई बेलायतले तालिम दिएको थियो।