Skip This
मतदानको दिन सर्तसहित सार्वजनिक यातायात सञ्चालन गर्न दिइने
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १७ बिहीबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक १७ बिहीबार ११:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मतदानको दिन सर्तसहित सार्वजनिक यातायात सञ्चालन गर्न दिइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक १७ बिहीबार ११:५९:oo

निर्वाचन आयोगले मतदानको दिन सार्वजनिक यातायात सञ्चालन गर्न दिने भएको छ । उम्मेदवार र दलका प्रतिनिधिले आयोग वा निर्वाचन कार्यालयबाट अनुमति लिएर सवारी प्रयोग गर्न पाउने भए पनि आममतदाताले पाउँदैनन् । 

आयोगले यसपालि अन्तर्राष्ट्रिय अनुभव हेरेर सार्वजनिक यातायातका केही सवारीलाई चल्न दिने तयारी गरेको हो । ‘अन्य सवारीसाधन सञ्चालनको हकमा हामीले सचिवको अध्यक्षतामा कार्यदल बनाएका छौँ । अन्तर्राष्ट्रिय अभ्यासले पनि त्यो दिन नियमित र व्यवस्थित यातायात सञ्चालन गर्नु राम्रो हुन्छ भन्ने अनुभव छ,’ प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने, ‘यसमा हामीले उपयुक्त निर्णय गर्छौँ ।’

गृह मन्त्रालय, सुरक्षा निकाय र यातायात व्यवस्था विभागले मतदानको दिन पूर्ववत् चलाउनुहुँदैन भनेर सुझाव दिएको भन्दै उनले ४ मंसिरको मतदानको दिन यातायात ठप्प नहुने बताए। ‘अब यो पूरा बन्द भएको अवस्था सिर्जना नहुने गरी व्यवस्थित अनुमति प्राप्त गरेर केही सवारीसाधन चल्न दिने गरी उपयुक्त लजिकल छिट्टै आयोगले निर्णय गर्छ,’ उनले भने ।  

थपलियाले सञ्चारकर्मीसँग स्थानीय तह निर्वाचनमा यातायातमा भएको समस्या दोहोरिन नदिने गरी निर्णय गर्ने प्रतिबद्धता पनि जनाए ।