१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १४ सोमबार
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक १४ सोमबार १९:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘नो नट अगेन’ : आयोगकाे 'एक्सन'विरुद्ध सर्वोच्चमा रिट 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक १४ सोमबार १९:१८:oo

‘नो नट अगेन’ अभियानविरुद्ध निर्वाचन आयोगले जारी गरेको सूचनाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएकाे छ। 

आयोगले जारी गरेको सूचना आफैँमा स्वेच्छाचारी एवं बदनियतपूर्ण रहेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले उक्त सूचना खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन्। 

नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध दूषित मनसायले आयोगले सूचना जारी गरेको भन्दै अन्तरिम आदेशमार्फत तत्काल खारेज गर्न माग गरेको त्रिपाठीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

त्रिपाठीले आयोगद्वारा जारी सूचनाले नागरिकको संवैधानिक स्वतन्त्रतालाई निष्प्रभावी बनाउने दाबी गरेका छन्। उनले विज्ञप्तिमा भनेका छन्, ‘यो सूचना आफैँमा स्वेच्छाचारी एवं बदनियतपूर्ण छ। संवैधानिक स्वतन्त्रतालाई पूर्ण रूपमा निष्प्रभावी तुल्याउन खोजिएको छ। निर्वाचन आयोगले संविधानले तोकेकोभन्दा फरक विषयवस्तु तथा आधारमा नागरिक स्वतन्त्रतालाई प्रतिबन्धित वा कुण्ठित गर्नु स्वेच्छाचारिताको नमुना हो।’

आयोगले 'नो नट अगेन' अभियानमा संलग्न हुनेमाथि एक लाख रुपैयाँ जरिवाना, विद्युतीय कारोबार ऐनअनुसार कारबाही हुने चेतावनी दिएकाे थियो।