Skip This
विद्युत् खपत र निर्यात बढाउन पूर्वाधार विस्तार गर्दै प्राधिकरण
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:११:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

विद्युत् खपत र निर्यात बढाउन पूर्वाधार विस्तार गर्दै प्राधिकरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:११:oo

नेपाल विद्युत् प्राधिकरणले देशभित्र उत्पादित विद्युत् आन्तरिक रूपमै खपत गर्न प्रसारण तथा वितरण प्रणालीलाई थप विस्तार र सुदृढ गर्ने भएको छ। देशभित्र खपत गरी बढी भएको विद्युत् भारत र बंगलादेशमा निर्यात गर्न प्राधिकरणले थप प्रसारण पूर्वाधार विस्तार गर्ने भएको छ।

विद्युत् खपत वृद्धिको सम्भावना रहेका प्रदेश १ को सुनसरी, मोरङ र झापा तथा भारत र बंगलादेशमा निर्यातका लागि उच्च क्षमताका विद्युत् प्रसारण तथा वितरण लाइन बनाउने प्राधिकरणकाे तयारी छ। देशभित्र उत्पादित विद्युत् आन्तरिक रूपमै खपत बढाउन अल्पकालीन र दीर्घकालीन योजनासहित प्रसारण तथा वितरण प्रणालीको सुदृढीकरण तथा पूर्वाधार विस्तारलाई अभियानकै रूपमा चलाइरहेको प्राधिकरणले जनाएको छ। सञ्चालनमा रहेका पूर्वाधारहरूको समेत प्राधिकरणले स्तरोन्नति गर्नेछ।

पूर्वाधार निर्माणका लागि प्राधिकरणको उच्चस्तरीय टोलीले शनिबार र आइतबार स्थलगत अवलोकन भ्रमणसमेत गरेको छ। टोलीले भारतको पश्चिम बंगाल राज्यबीच अन्तरदेशीय विद्युत् प्रसारणलाइन निर्माणको सम्भावना, बंगलादेशतर्फ विद्युत् निर्यातको सबैभन्दा छोटो रुट, प्रसारणलाइन तथा सबस्टेसन निर्माणका लागि उपयुक्त स्थानलगायतको पहिचान गर्न स्थलगत अध्ययन गरेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोलीले पावर ग्रिड भारतको पश्चिम बंगलाको सिलिगुढीस्थित ४००/२२० केभी विनागुढी सबस्टेसनको भ्रमण गरी विद्युत् आयात–निर्यातको जानकारी लिएको थियो। उक्त सबस्टेसनमा भुटानको ताला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् जोडिएको छ।