१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
फाइल तस्बिर
नयाँ पत्रिका नयाँ दिल्ली
Invalid date format १९:३१:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

दिल्लीमा बिहानी समयमा वायुको गुणस्तर ‘अति खराब’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, नयाँ दिल्ली
नयाँ पत्रिका
Invalid date format १९:३१:oo

भारतको राजधानी नयाँदिल्लीको वायु गुणस्तर सूचकांक (एक्युआई) ३५० पुगेको छ। वायुको गुणस्तर मापन तथा मौसम पूर्वानुमान र अनुसन्धान प्रणालीसम्बन्धी काम गर्ने संस्था ‘सफर’ले आइतबार बिहान रेकर्ड गरिएको दिल्लीको वायु गुणस्तर ‘अति खराब’ श्रेणीमा रहेको जनाएको हो। 

संस्थाका अनुसार समग्र दिल्ली क्षेत्रको एक्युआई ३५० अर्थात् ‘अति खराब’ श्रेणीमा रहेको छ। दिल्ली विश्वविद्यालय क्षेत्र र पुसामा एक्युआई क्रमशः ३७२ र ३४३ रहेको छ। नयाँदिल्लीको वायुको गुणस्तरमा आएको गिरावटका कारण खासगरी इन्डिया गेटनजिकै काम गर्ने, साइकल यात्री र शारीरिक व्यायामका लागि बिहानमा पैदल यात्रा गर्ने व्यक्तिहरू प्रभावित भएका छन्। 

शनिबार साँझ राष्ट्रिय राजधानीको कतिपय क्षेत्रको एक्युआई सूचकांक ‘गम्भीर’ श्रेणीमा झरेको छ। जाडोयाममा पन्जाब, उत्तर प्रदेश, हरियाणा र राजस्थानमा न्यानोका लागि पराल जलाउँदा राष्ट्रिय राजधानीको वायुको गुणस्तर पनि प्रभावित हुने गरेको छ। यसैबीच, एनसिआर र आसपासका क्षेत्रहरूमा वायु गुणस्तर व्यवस्थापनको लागि आयोगले दिल्लीमा खराब वायु गुणस्तरलाई ध्यानमा राख्दै यसको निर्देशनहरूको कार्यान्वयन र अनुपालन सुनिश्चित गर्न आफ्ना प्रयासहरू तीव्र पारेको छ। 

आयोगले राजस्थानमा कोइलामा आधारित ४५ वटा औद्योगिक इकाइलाई बन्द गर्न निर्देशन दिएको छ। यसबाहेक हरियाणामा ९ र युपीमा २३ गरी ३२ कोइलामा आधारित इकाइहरू स्थायी रूपमा बन्द गरिएको छ। हरियाणामा आठ र उत्तर प्रदेशमा ४० वटा गरी ४८ वटा इकाइले अस्थायी रूपमा आफ्नो सञ्चालन स्थगन गरेका छन्।