मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ कार्तिक ११ शुक्रबार
  • Friday, 14 August, 2026
२o७९ कार्तिक ११ शुक्रबार १८:३७:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

भियतनाममा डेंगु प्रकोप : १० महिनामा १ सय दुईजनाको मृत्यु, २ लाख ६० हजार संक्रमित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक ११ शुक्रबार १८:३७:oo

भियतनाममा यस वर्षको सुरुदेखि हालसम्म करिब दुई लाख ६० हजार डेंगु ज्वरोबाट संक्रमित भएका छन्।  संक्रमणका कारण दश महिनामा एक सय दुईजनाको मृत्यु भएका भियतनामको स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको हो।

संक्रमण र मृत्युको संख्या सन् २०२१ को सोही अवधिको तुलनामा झन्डै पाँच गुणा बढेको पनि मन्त्रालयले जनाएको छ। नोभेम्बर र डिसेम्बरमा धेरै प्रान्त र सहरहरूमा ‘ठूलो प्रकोप’ हुने सम्भावना रहेको पनि मन्त्रालयले जनाएको छ। हो ची मिन्ह सिटी अझै पनि भियतनाममा डेंगु ज्वरोको केन्द्रबिन्दुको रूपमा रहेको छ। यस अवधिमा करिब ७० हजार संक्रमण र २९ जनाको मृत्यु भएको छ। राजधानी हनोईमा १२ जनाको मृत्यु हुनका साथै ८ हजारभन्दा बढी घटनाहरू देखिएका छन्।