Skip This
ताप्लेजुङमा आगलागी हुँदा लाखौँको क्षति
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
रासस ताप्लेजुङ
Invalid date format o७:o८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ताप्लेजुङमा आगलागी हुँदा लाखौँको क्षति

Read Time : < 1 मिनेट
रासस, ताप्लेजुङ
नयाँ पत्रिका
Invalid date format o७:o८:oo

ताप्लेजुङको सिदिङ्वा गाउँपालिका– ७ सुरुम्खिममा एक घरमा आगलागी हुँदा लाखौँ मूल्यबराबरको क्षति भएको छ।  भाइटीकाको दिन बुरुम्खिम टोलका स्थानीय भीष्मराज खुदाङको घर जलेर नष्ट भएको हो।

बिहीबार दिउँसो भएको आगलागीबाट घर पूर्ण रूपमा जलेर नष्ट भएको सुरुम्खिमका वडाध्यक्ष लक्ष्मण तामाङले बताए। 

आगलागीबाट घरभित्र भएको खाद्यान्न, लत्ताकपडा, भाँडावर्तनलगायतका अन्य सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा अनुमानित रु. १५ लाखभन्दा बढीको क्षति भएको हुन सक्ने तामाङले जाकारी दिए। 

क्षतिको यकिन विवरण भने आइनसकेको उनले बताए। वडाध्यक्ष तामाङका अनुसार आगलागीको कारण पनि खुल्न सकेको छैन।