Skip This
अफगानिस्तानको अर्थतन्त्र करिब २० प्रतिशतले संकुचित : विश्व बैंक
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक ७ सोमबार
  • Saturday, 27 July, 2024
रासस वासिङ्टन
२o७९ कार्तिक ७ सोमबार १७:१२:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अफगानिस्तानको अर्थतन्त्र करिब २० प्रतिशतले संकुचित : विश्व बैंक

Read Time : < 1 मिनेट
रासस, वासिङ्टन
नयाँ पत्रिका
२o७९ कार्तिक ७ सोमबार १७:१२:oo

अफगानिस्तानको अर्थतन्त्र २०२१ मा करिब २० प्रतिशतले संकुचित भएको विश्व बैंकले जनाएको छ। सन् २०२१ को अगस्टमा तालिबानले कब्जा गरेयता अफगानिस्तानमा भएको विकासको विवरणअनुसार अफगानिस्तानको अर्थतन्त्र नयाँ सामान्य समायोजन भइरहेको विश्व बैंकले जनाएको हो। 

सार्वजनिक खर्चमा तीव्र गिरावट, कम घरायसी आम्दानी र कम खपतका कारण कुल माग घटेको गत हप्ता सार्वजनिक गरिएको विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ। तालिबानले कब्जा गरेको सुरुको समयमा धेरै व्यवसायीले आफ्ना व्यवसाय बन्द गर्न बाध्य भएका सो प्रतिवेदनमा जनाइएको छ।

सन् २०२१ मा अर्थव्यवस्था लगभग २० प्रतिशतले संकुचित भएको र कुल घरेलु उत्पादन (जिडिपी)मा प्रारम्भिक तथ्यांक देखाइएको बताइएको छ। विगत एक वर्षमा मानवीय आवश्यकताहरू र आधारभूत सेवाहरूका लागि अन्तर्राष्ट्रिय सहयोग पुनः सुरु हुँदा केही नकारात्मक प्रभाव कम गर्न मद्दत गरेको विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ।

सन् २०२२ मा वास्तविक जिडिपी थप संकुचित हुने र सन् २०२१ र २०२२ को बीचमा ३०–३५ प्रतिशतको संकुचन हुने अनुमान गरिएको छ। प्रतिव्यक्ति आयमा समेत कुनै सुधार नभएको बताइएको छ।