१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ७ सोमबार o८:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

 कांग्रेसको घोषणापत्र आज सार्वजनिक हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार o८:o९:oo

कांग्रेसले सोमबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार बिहान साढे १० बजे घोषणापत्र सार्वजनिक गर्ने तय भएको जानकारी दिए । यसअघि कांग्रेसले आइतबार अपराह्न ५ बजे घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम तय गरेको थियो । तर, केही विषय थप गर्नुपर्ने भएपछि मिति सरेको हो ।

कांग्रेसले डिजिटल घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ । समितिका प्रवक्ता सहमहामन्त्री जीवन परियारका अनुसार घोषणापत्रको डिजिटल कपी जुममार्फत सार्वजनिक गर्न लागिएको हो ।

‘डिजिटल घोषणापत्र सार्वजनिक गरेर कांग्रेसका एजेन्डा धेरैभन्दा धेरैको पहुँचमा पुर्‍याउने तयारीमा छौँ,’ उनले भने, ‘सार्वजनिक कार्यक्रममा आ–आफ्ना निर्वाचन क्षेत्रमा रहनुभएका नेतादेखि विदेशस्थित जनसम्पर्क समितिहरूलाई पनि सहभागी गर्ने कार्यक्रम छ ।’

ad
ad