१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार १९:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

बेलायतमा चुलियाे राजनीतिक संकट : जोन्सन र सुनकबीच गोप्य वार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १९:४५:oo

बेलायती कन्जरभेटिभ पार्टीको नेतृत्वको विषयमा प्रतिद्वन्द्वी बोरिस जोन्सन र ऋषि सुनकले राति अबेरसम्म गोप्य वार्ता गरेका छन्। 

पार्टीको बिग्रँदो छवि र देशको  अस्थिर राजनीतिक अवस्था चुलिँदै गएको अवस्थामा प्रमुख नेताहरूबीच भएको वार्तालाई  विशेष चासोको रूपमा हेरिएको छ। 

दुवै नेताहरू निवर्तमान प्रधानमन्त्री लिज ट्रसलाई नेतृत्वबाट विस्थापित गराउने दौडमा भए पनि सार्वजनिक भने भएका थिएनन्। ट्रसको राजीनामा घोषणापछि उनीहरूको कुनै टिप्पणी बाहिर आएको छैन।

बढ्दो आक्रोश र राजनीतिक अस्थिरताबीच क्याबिनेट सदस्य पेनी मोर्डन्टले भने औपचारिक रूपमा पार्टी नेतृत्वको दाबी गर्दै यसका लागि आफू सक्षम रहेकोसमेत घोषणा गरेकी छिन्। 

‘मलाई लाग्छ कि म हाम्रो पार्टीलाई एकताबद्ध गर्न सक्षम छु,’ ४९ वर्षीया पेनीले बिबिसीसँग कुरा गर्दै उनले सात हप्ताअघि मात्र सम्पन्न भएको अन्तिम नेतृत्व प्रतियोगितामा सुनक र ट्रसबीच नजिकबाट नियालेको र अहिले नेतृत्वका लागि दाबी प्रस्तुत गरेको बताइन्। 

पूर्वप्रधानमन्त्री जोन्सन र पूर्वअर्थमन्त्री सुनकले टोरी सांसदहरूको मतदानको सामना गर्न आवश्यक १०० मत सुरक्षित गर्न सोमबारको समयसीमा अघि कन्जरभेटिभ सहकर्मीहरूबीच तीव्रताका साथ लबिङ गरिरहेको बताइएको छ।

बिबिसीको जनाएअनुसार सुनकले शुक्रबार पुरानो थ्रेसहोल्ड पार गर्दै अगाडि बढ्नुभएको छ र १२९ टोरी सांसदहरूको सार्वजनिक समर्थन देखिएको छ। त्यस्तै, जोन्सनसँगै १०० मत सुरक्षित रहेको बताइएको छ। 

बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोन्सन पार्टीको नेतृत्वका लागि औपचारिक रूपमा अगाडि बढ्न क्यारेबियन क्षेत्रको भ्रमण कटौती गरी शनिबार बेलायत आइपुगेका छन्। 

गत जुलाई ७ मा प्रधानमन्त्री जोन्सनका मन्त्रीहरूले अप्रत्यासित रूपमा राजीनामा दिएपछि तत्कालीन प्रधानमन्त्री जोन्सनले राजीनामा दिए। 
 
त्यस्तै, जोन्सनको क्याबिनेटमा अर्थमन्त्री रहेका ऋषि सुनकले पनि टोरी र बेलायती प्रधानमन्त्री पदका लागि १०० भन्दा बढी मनोनयन प्राप्त गरेका थिए। यद्यपि, पछिल्लो नेतृत्वको प्रतिस्पर्धामा ट्रससँग पराजित भएका थिए। 

ad
ad