Skip This
सत्तागठबन्धन पवित्र उद्देश्यबाट निर्देशित : माधव नेपाल
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
फाइल तस्बिर
नयाँ पत्रिका वीरेन्द्रनगर
Invalid date format १३:३२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सत्तागठबन्धन पवित्र उद्देश्यबाट निर्देशित : माधव नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, वीरेन्द्रनगर
नयाँ पत्रिका
Invalid date format १३:३२:oo

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूहरूले पवित्र उद्देश्यबाट निर्देशित भएर गठबन्धन गरेको बताएका छन्। आइतबार वीरेन्द्रनगरमा आयोजित सत्तागठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उनले संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि आफूहरूले गठबन्धन गरेको जिकिर गरे।

फरक सिद्धान्त बोकेका कांग्रेस र कम्युनिस्ट ०७ सालदेखि ०६४ सालसम्म आवश्यक पर्दा एकताबद्ध भएका स्मरण गराउँदै अध्यक्ष नेपालले अहिले पनि प्राप्त उपलब्धिहरू गुम्ने खतरा रहेकाले आफूहरूले गठबन्धन गरेको बताए।

‘त्यो एकताको क्रम अघि बढिरहेको छ। कहिले कांग्रेस–माओवादीसहितको सरकार, कहिले एमाले र कांग्रेसको सरकार, कहिले हामी सबैको संयुक्त सरकार विभिन्न समयमा बन्दै आएको छ। त्यसो हुनाले हामीबीचको यो एकता र गठबन्धन स्वाभाविक हो,’ उनले भने।

प्रतिपक्षले राष्ट्रको हितमा कुठाराघात गर्नेहरूसँग गठबन्धन गररेको आरोप लगाउँदै नेपालले लोकतन्त्र र गणतन्त्र अहिले पनि जोखिममा रहेको जिकिर गरे।