मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ कार्तिक ५ शनिबार
  • Thursday, 17 July, 2025
२o७९ कार्तिक ५ शनिबार १९:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मिलन नेपाली साहसिक पत्रकारिता पुरस्कार नयाँ पत्रिकाकर्मी घिमिरेलाई 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक ५ शनिबार १९:४९:oo

यो वर्षको मिलन नेपाली साहसिक पत्रकारिता पुरस्कार नयाँ पत्रिकाकर्मी शिवहरि घिमिरे र देखापढी न्युज पोर्टलकी रोजिना थापालाई प्रदान गरिएको छ। 

प्रेस सेन्टर नेपाल ललितपुर शाखाले शनिबार आयोजना गरेको कार्यक्रममा सेन्टरका इन्चार्ज महेश्वर दाहाल र अध्यक्ष विष्णु सापकोटा जुगलले पुरस्कार हस्तान्तरण गरेका हुन्। पुरस्कारको राशि जनही पाँच हजार एक सय रुपैयाँ छ।  

द्वन्द्वकालमा राज्यद्वारा बेपत्ता पारिएका पत्रकार मिलन नेपालीको नाममा हरेक वर्ष सो पुरस्कार प्रदान गरिँदै आएको छ। यो वर्षदेखि ५१ हजारको अक्षयकोष निर्माणका लागि बेपत्ता पत्रकार नेपालीकी श्रीमती सविता बस्नेतले शनिबार ४१ हजार रकम हस्तान्तरण गरेकी छिन्।