Skip This
‘कलिला नानीबाबुकाे लास र राष्ट्रिय सम्पत्तिको खरानीमाथि अझै पनि पदका लागि तीव्र दौड र प्रतिपर्धा !’
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असोज १ बुधबार
  • Wednesday, 17 September, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ असोज १ बुधबार ११:४२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘कलिला नानीबाबुकाे लास र राष्ट्रिय सम्पत्तिको खरानीमाथि अझै पनि पदका लागि तीव्र दौड र प्रतिपर्धा !’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असोज १ बुधबार ११:४२:oo

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले कलिला नानीबाबुकाे लास र राष्ट्रिय सम्पत्तिको खरानीमाथि अझै पनि पदका लागि तीव्र दौड र प्रतिपर्धा देखेर आफू आश्चर्यमा परेको बताएका छन् ।

बुधबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै भण्डारीले कहाँ छ मुलुक ? कहाँ छन् जनता ? कहाँ छ रगतको सम्मान ? भनेर प्रश्न गरेका छन् । आज शोक दिवस भन्दै उनले आमाबाबुको रित्तिएको काख र रोएको नेपालमा  मानसिक रोगीहरूको पद र अहंको छटपटी भएको उल्लेख गरे ।

 यस्तो छ उनको स्टाटस 

आज शोक दिवस।
आमाबाबुका रित्तिएका काख, रोएको नेपाल,  थपिएका कालरात्रि, इतिहास र वर्तमान दुवै शोकमा, भविष्यले पनि शोक मनाइरहेको छ, अनन्त भविष्यसम्म ! कलिला, होनहार बाबुनानीको लास र  राष्ट्रिय सम्पत्तिको खरानीमाथि अझै पनि पदका लागि तीव्र दौड एवं प्रतिस्पर्धा ! कहाँ छ मुलुक ? कहाँ छन् जनता ?
कहाँ छ रगतको सम्मान ? कसरी पूरा गर्ने नानीबाबुका सपना भन्ने छैन मनमा !!! अझै पनि मानसिक रोगीहरूको पद र अहंको छटपटी ?
सबै शहीद प्रति उच्च सम्मान।