
खानीखोला हाइड्रोपावर कम्पनीको हकप्रद सेयरमा आवेदन दिने समय थपिएको छ । कम्पनीले ३ भदौदेखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गरेको थियो । यससँगै साबिकका सेयरधनीले अब ६ असोजसम्म हकप्रद भर्न पाउनेछन् ।
कम्पनीले हाल कायम चुक्ता पुँजी ४६ करोड ५७ लाख १४ हजार तीन सय रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँका दरले १:१ अनुपातमा ४६ लाख ५७ हजार एक सय ४३ कित्ता हकप्रद सेयर निष्कासनमा ल्याएको छ ।
२७ असारमा बुकक्लोज गरिसकेकाले त्यसको अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कायम रहेका सेयरधनीले मात्रै हकप्रद भर्न पाउनेछन् ।