१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक ५ शनिबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक ५ शनिबार १२:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मनोहरा कुवाटोलबाट पक्राउ नौ जुवाडेविरुद्ध १० दिनको म्याद थप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक ५ शनिबार १२:o३:oo

कोगेश्वरी मनोहरा नगरपालिका–७ कुवाटोलस्थित टहराबाट पक्राउ परेका नौ जुवाडेविरुद्ध अदालतले १० दिनको म्याद थप गरेको छ।

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनीहलाई बिहीबार पक्राउ गरेको थियो। जिल्ला अदालत काठमाडौंबाट उनीहरुविरुद्ध शुक्रबार १० दिनको म्याद थप भएको हो।

प्रहरीका अनुसार  काभ्रे पाँचखाल–१ का ३७ वर्षीय सुरज तामाङले टहरोभित्र जुवा खेलाइरहेका थिए। स्थानीय महिला समूहको सुराकीपछि प्रहरीले जुवाखालमा छापा मारेको थियो। खालबाट प्रहरीले एक लाख एक हजार नौ सय रुपैयाँसहित १६ थान कौडा बरामद गरेको छ।

पक्राउ परेका अभियुक्तहरुलाई प्रहरी वृत्त बौद्धको हिरासतमा राखिएको छ। सुरज पेशवर जुवाडे हुन्। उनीहरुलाई छुटाउन स्थानीय राजनीतिक दलहरुबाट दबाब आइरहेको प्रहरीले बताएको छ।