मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
भवानीश्वर गौतम काठमाडाैं
२०७९ कार्तिक ५ शनिबार ०६:१३:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

कक्षा १२ को नतिजामा १५ हजार विद्यार्थीले दिए रिटोटलिङको निवेदन

Read Time : > 1 मिनेट
२०७९ कार्तिक ५ शनिबार ०६:१३:००

ननग्रेडिङको व्यवस्था गरेपछि रिटोटलिङको निवेदन दिने तेब्बर बढे

३५ भन्दा कम अंक ल्याउनेलाई ननग्रेडिङ (एनजी)को व्यवस्था गरेपछि यस वर्ष कक्षा १२ को नतिजा रिटोटलिङ (पुनर्योग)का लागि १५ हजार विद्यार्थीले निवेदन दिएका छन् । रिटोटलिङका लागि गरिएको यो निवेदन विगतका वर्षहरूको तुलनामा तेब्बर हो । 

विगतमा ३५ भन्दा कम अंक ल्याउनेलाई पनि ‘ई’ ग्रेडमा राखेर पास गराइन्थ्यो । तर, यस वर्षदेखि ३५ अंकभन्दा बढी अर्थात् ‘डी’ ग्रेडसम्म ल्याउनेलाई मात्रै पासको मान्यता दिने व्यवस्था गरेसँगै रिटोटलिङ माग गर्ने विद्यार्थीको संख्या बढेको हो । 

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले यस वर्ष रिटोटलिङका लागि निवेदन दिएका १५ हजारमध्ये अधिकांश विद्यार्थी तीन विषयमा ननग्रेडिङ आउने रहेको बताए । सबैभन्दा बढी साइन्सका विषयमा झन्डै चार हजार निवेदन परेका छन्, जसमा फिजिक्स र केमेस्ट्रीमा धेरै छन् । शर्माका अनुसार तीन विषयमा एनजी हुनेहरूले अर्कोपटक सबै विषयको जाँच दिनुपर्ने र दुई विषयसम्ममा एनजी हुनेले भने मौका पाउँछन् । अघिल्ला वर्षहरूमा पाँच हजारको हाराहारीमा रिटोटलिङको निवेदन पर्ने गरेको बोर्डको तथ्यांक छ । 

 महाश्रम शर्मा अध्यक्ष, राष्ट्रिय परीक्षा बोर्ड
यसअघि ननग्रेडिङ व्यवस्था नहुँदा विद्यार्थीले सर्टिफिकेट पाउँथे, तर अहिले ननग्रेडिङको व्यवस्था लागू भयो । ननग्रेडिङमा पर्नु भनेको फेल भएको भन्ने नै हो, सर्टिफिकेट पाउन पुनः परीक्षा दिनुपर्छ । रिटोटलिङ गर्दा पुनः परीक्षा दिनुनपर्ने हुन सक्छ भन्ने आशा विद्यार्थीले लिएका होलान् । तर, रिटोटलिङमा नतिजा उल्टिएका उदाहरण एकदमै न्यून छन् । एक प्रतिशत पनि नतिजा परिवर्तन भएको छैन ।

‘यसअघि ननग्रेडिङ व्यवस्था नहुँदा विद्यार्थीले सर्टिफिकेट पाउँथे, तर अहिले ननग्रेडिङको व्यवस्था लागू भयो । ननग्रेडिङमा पर्नु भनेको फेल भएको भन्ने नै हो, सर्टिफिकेट पाउन पुनः परीक्षा दिनुपर्छ,’ अध्यक्ष शर्माले भने, ‘रिटोटलिङ गर्दा पुनः परीक्षा दिनुनपर्ने हुन सक्छ भन्ने आशा विद्यार्थीले लिएका होलान् । तर, रिटोटलिङमा नतिजा उल्टिएका उदाहरण एकदमै न्यून छन् । एक प्रतिशत पनि नतिजा परिवर्तन भएको छैन ।’ 

रिटोटलिङमा नतिजा फेरबदल नहुनुले परीक्षणमा सुधार आएको बुझ्न सकिन्छ । यस वर्ष मार्किङ स्किम, वर्कसप गरेर ओरियन्टेसन दिएकाले पनि सुधार भएको हुन सक्ने शर्माले बताए । लेटर ग्रेडिङ पद्धतिबाट कक्षा १२ को परीक्षामा नियमित परीक्षार्थीको रूपमा सहभागी भई प्रत्येक विषयको सैद्धान्तिक परीक्षामा कम्तीमा डी (न्यूनतम ३५ अंक) र प्रयोगात्मक परीक्षामा सी ग्रेड प्राप्त गर्नुपर्ने व्यवस्था छ । 

गत १७ जेठदेखि सञ्चालन भएको कक्षा १२ को परीक्षामा तीन लाख ९६ हजार एक सय ८५ सहभागी थिए । जसमध्ये नियमिततर्फ तीन लाख ६३ हजार आठ, ग्रेडवृद्धितर्फ ३० हजार ४५ र आंशिकतर्फ तीन हजार एक सय ३२ थिए । नियमिततर्फका तीन लाख ६३ हजार आठ विद्यार्थीमध्ये एक लाख ८८ हजार चार सय १० विद्यार्थीको नतिजा ननग्रेडिङ आएको थियो । 

ननग्रेडिङ भएका एक लाख ८८ हजारमध्ये एक लाख ३० हजारले दिए ग्रेडवृद्धिको परीक्षा
बोर्डले गत ३० र ३१ असोजमा ग्रेडवृद्धिको परीक्षा सञ्चालन गरेको थियो । दुई विषयसम्म ननग्रेडिङ वा अनुपस्थित भएका विद्यार्थीले परीक्षा दिन पाउने गरी व्यवस्था गरेको थियो । ग्रेडवृद्धि परीक्षामा एक लाख ३० हजार पाँच सय ११ विद्यार्थी सहभागी भएको बोर्डले जनाएको छ । दुई विषयमा ननग्रेडिङ भएका विद्यार्थीले पुनः परीक्षा दिन पाउने भएकाले पनि तीन विषयमा ननग्रेडिङ भएका धेरै विद्यार्थीले रिटोटलिङका लागि निवेदन दिएको बोर्डका अधिकारीको भनाइ छ । बोर्डले एनगे्रडिङ भएका प्रायः विद्यार्थीको रिटोटलिङ नतिजा सार्वजनिक गरिसकेको छ भने ग्रेड प्राप्त गरे पनि नतिजामा चित्त नबुझेर रिटोटलिङ निवेदन दिएका विद्यार्थीको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।