Skip This
प्लास्टिकका फूलको बिक्रीमा कडाइ, शनिबारदेखि अनुगमन
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक ३ बिहीबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक ३ बिहीबार १६:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्लास्टिकका फूलको बिक्रीमा कडाइ, शनिबारदेखि अनुगमन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक ३ बिहीबार १६:२२:oo

वातावरण विभागले शुक्रबारदेखि प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात र बिक्री–वितरण रोक्न अनुगमन गर्ने भएको छ। तिहार र छठको मुखमा सरकारले सूचना जारी गर्दै प्लास्टिकजन्य फूलगुच्छाको आयात र बिक्री–वितरणमा रोक लगाएको छ।

न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै वातावारण विभागका महानिर्देशक नारायण घिमिरेले प्लास्टिकजन्य फूलगुच्छाको आयात र बिक्री–वितरणमा रोक लगाइएकाले शुक्रबारदेखि माइकिङ र शनिबार अनुगमन गरिने बताए। 

सरकारले गत साउनमै राजपत्रमा प्रकाशन गरेर प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री–वितरण र भण्डारणमा रोक लगाएको थियो। तिहार र छठ नजिकिएसँगै बजारमा प्लास्टिकजन्य फूलमालाको बिक्री बढ्ने भएकाले अनुगमनमा कडाइ गरिएको घिमिरेले बताए। रोक लगाउँदालगाउँदै बिक्री–वितरण गरेको पाइए तत्काल एक लाख रुपैयाँसम्म जरिवाना गरिने उनले प्रस्ट पारे।

‘भोलि (शुक्रबार) माइकिङ गर्छौँ। शनिबारबाट अनुगमनमा जान्छौँ र बजारमा बिक्री–वितरण भएको भेटिएमा कारबाही गर्छौँ। ऐनले नै सरकारले राजपत्रमा प्रकाशित गरेर निषेध गरेका कुनै पनि वस्तुहरूको प्रयोग वा प्रतिबन्ध अवज्ञा गरेमा विभागको महानिर्देशकबाट एक लाखसम्म जरीवाना गर्न सक्ने र अनुगमन गर्दा वातावरण निरीक्षकले तत्काल २० हजारसम्म जरिवाना गर्न पाउने व्यवस्था छ,’ उनले भने।