१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार ११:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सबै जिल्लाका सदरमुकाममा पुग्यो राष्ट्रिय वाणिज्य बैंक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार ११:१५:oo

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो  सेवा देशको ७७ वटै जिल्ला सदरमुकाममा पु¥याएको छ । सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर– ९ मा सोमबार शाखा सञ्चालनमा ल्याएसँगै बैंकको सेवा सबै जिल्लाको सदरमुकाममा पुगेको हो । 

यसअघि नै राष्ट्रिय वाणिज्य बैंक वाणिज्य बैंकहरूमध्ये सात प्रदेशको ७७ वटै जिल्लामा पुगी सेवा दिने पहिलो बैंक बनिसकेको जनाइएको छ । नेपाल सरकारको स्वामित्व रहेको यो बैंकले आव ०७८/७९ को चौथो त्रैमाससम्ममा पाँच अर्ब २१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको जनाएको छ ।

 ०७९ आषाढ मसान्तमा बैंकको ग्राहक निक्षेप दुई खर्ब ५९ अर्ब रुपैयाँ र खुद कर्जा तथा सापट दुई खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ । आव ०७८/७९ मा बैैंंकको सेयरधनी कोष ३३ अर्ब ४८ करोड रुपैयाँ र कुल सम्पत्ति तीन खर्ब २९ अर्ब रुपैयाँ पुगेको जनाइएको छ । बैंकले हाल देशभरमा दुई सय ६४ शाखा, दुई सय ६८ एटिएम र ९९ शाखारहित बैंकिङमार्फत सेवा दिइरहेको जनाएको छ ।

ad
ad