१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार ११:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नाकामा कडाइ गर्न रुपन्देही उद्योग व्यापार संगठनको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार ११:o५:oo

उद्योग व्यापार संगठन, रुपन्देहीले नेपाल भारत सीमानाकालाई व्यवस्थित र कडाइ गर्नुपर्ने माग गरेको छ । संगठनले मंगलबार भैरहवा भन्सार कार्यालयका प्रमुख मनिराम पौडेललाई ज्ञापनपत्र बुझाउँदै नाकालाई कडाइ र व्यवस्थित गराउन माग गरेको हो । 

संगठनका अध्यक्ष अनिल ज्ञवालीले नाकालाई व्यवस्थित गरी एक हजार रुपैयाँभन्दा बढी मूल्यको सामान ल्याउँदा अनिवार्य भन्सार शुल्क तिर्नुपर्ने व्यवस्था गर्न माग गरिएको बताए । उनले भने, ‘खुला सीमालगायत भन्सार नाकामा सिसिटिभी क्यामेरा २४सै घन्टा चालू अवस्थामा राख्नुपर्ने तथा सीमानाकामा एकतर्फबाट जाने र एकतर्फबाट आउने व्यवस्था गर्न हामीले माग गरेका छौँ ।’

घरायसी सामानको एकद्वार प्रणालीमार्फत छिटो र सहज तरिकाले भन्सार प्रज्ञापनपत्र भरी ल्याउने व्यवस्था मिलाउन, भारतीय बजारबाट प्रवेश गर्दा ल्याइएको सामानको अनिवार्य रूपमा चेकजाँच गराउन र भारतबाट ल्याइएका सबै सामानको (भन्सार गरेका र नगरेका) अभिलेख राख्न संगठनले माग गरेको छ । भन्सारमा कडाइ नहुँदा भारतीय बजारमा गएर सामान किन्नेको संख्या बढ्दा नेपालका व्यवसायी पलायन हुनुपर्ने अवस्था आएको ज्ञवालीले बताए । उनले भने, ‘त्यसैले गर्दा यहाँको व्यापार–व्यवसाय पनि सञ्चालन गर्नका लागि वातावरण सिर्जना गर्न आवश्यक छ, नत्र उद्योगी व्यवसायीहरूले सम्पूर्ण कारोबार बन्द गर्ने अवस्था सिर्जना हुन्छ ।’

ज्ञापनपत्र बुझ्दै भैरहवा भन्सार कार्यालयका प्रमुख पौडेलले तस्करी नियन्त्रणका लागि व्यवसायीको साथ आवश्यक रहेको बताए । उनले भने, ‘भन्सार कार्यालयसँग जोडिएका विषयवस्तु कार्यान्वयन हुन्छन् ।’ संगठनका अध्यक्ष ज्ञवाली, वरिष्ठ उपाध्यक्ष दर्पण श्रेष्ठ, उपाध्यक्ष रामचन्द्र रेग्मी, महासचिव सचिन रोका, कोषाध्यक्ष राममिलन यादव, सचिव लक्ष्मण भण्डारीलगायत व्यवसायीहरूको टोली ज्ञापनपत्र बुझाउन भैरहवा भन्सार कार्यालय पुगेका थिए । 

ad
ad