१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार १९:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

भेरी अस्पताल परिसरसँग जोडिएका सटर भत्काउन रेडक्रस सहमत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १९:१९:oo

नेपाल रेडक्रस सोसाइटी भेरी अस्पताल परिसरसँग जोडिएको सटर भत्काउन सहमत भएको छ। आफ्नो मातहतमा रहेको जमिनमा रेडक्रसले बनाएका सटर अस्पतालले भत्काउन थालेपछि रेडक्रसले आपत्ति जनाउँदै अदालत गुहारेको थियो। अदालतले अस्पतालको पक्षमा फैसला गरेपछि रेडक्रस पछाडि हटेको हो।

अस्पताल परिसरसँग जोडेर रेडक्रसले ६ वटा सटर निर्माण गरी भाडा असुल्दै आएको थियो। अदालतको फैसलापछि रेडक्रसको भोगाधिकारमा रहेका ६ वटा सटर भत्काउने सहमति भएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाईंले बताए।

सटर भएको भवन भत्काउने क्रममा हुने नोक्सानीको क्षतिपूर्तिका लागि अस्पताल विकास समितिले पहल गर्ने प्रतिबद्धता जनाएपछि भत्काउन दिने सहमति भएको नेपाल रेडक्रस सोसाइटीका सभापति गोवर्दन सिंह सम्झनाले बताए। 

सरकारी कार्यालयका प्राविधिकबाट मूल्यांकन गराई सरोकारवाला मन्त्रालयमा निर्णय सिफारिस गर्ने र क्षतिपूर्तिका लागि आवश्यक पहल गर्न अस्पतालले जिम्मा लिएपछि सटर भएको भवन भत्काउन दिएको उनको भनाइ छ। 

‘सटर भत्काउँदा रक्त सञ्चार सेवा केन्द्रको भवनमा कुनै असर/ क्षति भएमा अस्पताल विकास समितिले नै मर्मत सम्भार गर्ने, रक्त सञ्चार सेवा केन्द्रमा नियमित विद्युत् आपूर्ति व्यवस्था गर्ने सहमति पनि भएको छ,’ उनले भने। 
 

ad
ad