१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
कमल खत्री म्याग्दी
२o८१ बैशाख २२ शनिबार o९:१९:oo
Read Time : > 3 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

तेक्वान्दोमा ११ स्वर्णसहित पुलिस विजयी  

Read Time : > 3 मिनेट
कमल खत्री, म्याग्दी
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o९:१९:oo

नवाैँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत  म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न तेक्वान्दो खेलमा विभागीय टिम नेपाल पुलिस क्लब विजयी भएको छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा भएको उक्त प्रतियोगितामा ११ स्वर्ण, चार रजत र एक कांस्य पदक जितेर प्रहरी विजेता बनेको हो । सात स्वर्ण, आठ रजत र दुई कांस्य पदक जितेको नेपाली सेनाको त्रिभुवन आर्मी क्लब द्वितीय तथा तीन स्वर्ण, दुई रजत र नाै कांस्य पदक जितेको सशस्त्र प्रहरी तेस्रो बनेको राष्ट्रिय खेलकुद परिषद्का तेक्वान्दो प्रशिक्षक नवीन श्रेष्ठले जानकारी दिए ।

उनका अुनसार मधेस प्रदेशले एक स्वर्ण, दुई रजत र पाँच कांस्य, प्रदेश १ ले आठवटा कांस्य, बागमतीले एक रजत र तीन कांस्य, गण्डकीले सात कांस्य, लुम्बिनीले दुई रजत र चार कांस्य, कर्णालीले तीन कांस्य, सुदूरपश्चिम र एनआरएनएले एक–एकवटा रजत पदक जितेका छन् । असोज २८ गतेदेखि सुरु भएको प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआरएनएका खेलाडीले विभिन्न २१ वटा खेलमा भाग लिएका थिए । 

विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, उपप्रमुख ज्योति लामिछाने, राखेपका सदस्य रमेश धमला, ओलम्पियन दीपक विष्ट, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, बेनपा– ८ का वडाध्यक्ष उत्तमकुमार कर्माचार्यलगायतले पुरस्कार वितरण गरेका छन् ।

गेराेगीतर्फको १६ वटा खेलका स्वर्ण पदक विजेतालाई रु. २५ हजार र पाँचवटा पुम्से खेलमा स्वर्ण पदक विजेतालाई जनही रु. १५ हजारका दरले नगद पुरस्कार, प्रशंसापत्र प्रदान गरिएको थियो । 

मंगलबार भएको महिला ४९ केजी समूहमा सशस्त्रकी गीता विष्टले स्वर्ण, पुलिसकी अञ्जली तामाङले रजत, मधेसकी मनीषा वाइबा र लुम्बिनीका रतिका शाहीले कांस्य पदक जिते । महिला ६२ केजीमा पुलिसकी सुस्मिता मोक्तानले स्वर्ण र सेनाकी रेश्मा थापाले रजत पदक हात पर्दा कर्णालीका बेबिका बस्नेत र प्रदेश १ का प्रज्ञा परियारले कांस्य पदक जिते । 

पुरुष ६३ केजीमा पुलिसका गोविन्दबहादुर आलेले स्वर्ण, सेनाका राहुल कुमालले रजत, मधेसका विक्रान्त ढुंगेल र सशस्त्रका रञ्जित साउदले कांस्य पदक जितेका छन् । पुरुष ६८ केजी तौल समूहमा सेनाका सगुन श्रेष्ठले स्वर्ण, बागमतीका सागर तामाङले रजत, लुम्बिनीका नवीन चौधरी र सशस्त्रका मोहम्मद रितिकले कांस्य पदक जिते । पुरुष ८७ केजी तौल समूहमा पुलिसका कवि अधिकारीले स्वर्ण, मधेसका अमितकुमार सिंहले रजत, सशस्त्रका नीरज देउवा र कर्णालीका सोहन राउतले कांस्य पदक जितेका छन् । 

सोमबार भएको खेलमा महिला ४६ केजीतर्फ नेपाली सेनाकी काजल श्रेष्ठ, महिला ६७ केजीमा प्रहरीकी इन्दिरा बस्नेत, महिला ७३ केजीमा सेनाकी नम्रता तुलाधर, पुरुष ८७ केजीभन्दा बढीको तौल समूहमा सशस्त्र प्रहरीका भीमबहादुर खड्का, महिला ७३ केजीभन्दा बढीको तौल समूहमा सशस्त्रका सुस्मिता गुरुङ, पुरुष ८० केजीमा प्रहरीका अभिषेक बरालले स्वर्ण पदक दिलाएका छन् । 

महिला ४६ केजीमा सुदूरपश्चिमकी झरना नाथले रजत, सशस्त्रकी वर्षा थापा र बागमतीकी रोशनी श्रेष्ठले कांस्य, महिला ६७ केजीमा सेनाकी ग्यानी चुँदाराले रजत, प्रदेश १ की सविना माझी र सशस्त्रकी सोरन गुरुङले कांस्य र महिला ७६ केजीमा एनआरएनएकी सुमित्रा खत्रीले रजत, लुम्बिनीका सुष्टि सुर्तुंगा मगर र सशस्त्रकी रेजिना पार्कीले कांस्य पदक जितेका छन् । 

पुरुष ८७ केजीभन्दा बढीको तौल समूहमा प्रहरीका आशुतोष बरालले रजत, गण्डकीका नीरजबहादुर नेपाली र मधेसका विकास तामाङले कांस्य, महिला ७३ केजीभन्दा बढीको तौल समूहमा सेनाकी प्रतिज्ञा भण्डारीले रजत, कर्णालीकी इला केसी र मधेसकी प्रवली बस्नेतले कांस्य र पुरुष ८० केजी तौल समूहमा सेनाका जक्की यादवले रजत, सशस्त्रका जनकबहादुर जोशी र मधेसका पवनकुमार श्रेष्ठले कांस्य पदक जितेका छन् ।  

५७ केजी तौल समूह महिलामा नेपाली सेनाकी सन्ध्याकुमारी सिंहले स्वर्ण, लुम्बिनीकी सिर्जना विष्टले रजत, गण्डकीकी सोभिता थापा र प्रदेश १ की समीक्षा लिम्बूले कांस्य पदक जितेका छन् । ७४ केजी पुरुषतर्फ सशस्त्रका उमेशराजा भण्डारीले रजत, बागमतीका दानबहादुर तामाङ र गण्डकीका शंकर पौडेलले कांस्य पदक जिते । 

५४ केजी पुरुषतर्फ मधेसका अब्ताब आलमले रजत, प्रदेश १ का शिव खड्का र सेनाका अम्बिकाप्रसाद घिमिरेले कांस्य पदक जितेका छन् । प्रहरीकी निशा दर्नाल महिला र कमल श्रेष्ठले एकल पुम्सेमा स्वर्ण पदक दिलाए । महिलातर्फ नेपाली सेनाकी स्वतिका तामाङ रजत, प्रदेश १ की सुशीला राई र गण्डकीकी अर्पणा अधिकारीले कांस्य पदक जितेका छन् । 

पुम्से एकल पुरुषमा लुम्बिनीका युवराज रानाले रजत, गण्डकीका आयुष गुरुङ र प्रदेश १ का विवेक राईले रजत पदक जिते । पुम्से पियरमा प्रहरीकी निशा दर्नाल र अस्मिन राउतले स्वर्ण, सेनाका दीपेन्द्र गुरुङ र प्रशन्ना क्षेत्रीले रजत, गण्डकीका आयुश गुरुङ र अर्पणा अधिकारी तथा प्रदेश १ का विवेक राई र सुविक्षा राईले कांस्य पदक जिते।

पुरुषको टिम पुम्सेमा पुलिसका प्रेमबहादुर लिम्बू, जितबहादुर बोट र कमल श्रेष्ठले स्वर्ण, सेनाका दीपेन्द्र गुरुङ, राजन रिमाल, रामकुमार पोखरेलले रजत, गण्डकीका टार्जन कायत मगर, तिलक सिउथानी मगर र युकेश थापामगर तथा सशस्त्रका सिर्जन श्रेष्ठ, नोर्वु मोक्तान र योवन दाहालले कांस्य पदक जिते। 

टिम पुम्से महिलामा सेनाका स्वतिका तामाङ, निता गुरुङ, प्रशन्ना क्षेत्रीले स्वर्ण, पुलिसका निशा दर्नाल, सीता तामाङ, मोनिका रम्तेलले रजत, सशस्त्रका मोनिका मगर, स्मृति नेपाली र चन्दा शाही तथा प्रदेश १ का मनीषा विश्वकर्मा, शान्ति राई र सुशीला राईले कांस्य पदक हात पारे । 

गेरोगीतर्फ महिलाको ५३ केजी तौल समूहमा सेनाकी गीता कडायतले स्वर्ण, सशस्त्रकी अस्मिता खड्काले रजत, नेपाल प्रहरीका आयुष लामा र लुम्बिनीका निमा मल्लले कांस्य पदक जिते । पुरुष ५८ केजी तौल समूहमा मधेस प्रदेशका सोव अख्तरले स्वर्ण, प्रहरीका सुवासचन्द्र बोहराले रजत, सेनाका लोकबहादुर राउत र बागमतीका रमेश केसीले कांस्य पदक जितेका छन् । सेनाकी कडायतलाई ओलम्बियन दीपक विष्टले आठौँ प्रतियोगितापछि काठमाडौंमा लगेर संरक्षण दिएका थिए । निशा दर्नाल र कमल श्रेष्ठले पुलिसलाई चार स्वर्ण दिलाउन योगदान गरे । 
 

ad
ad