१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ५ शनिबार o६:११:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

निगमले तिर्‍यो ७३ करोड रुपैयाँ किस्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o६:११:oo

 राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेवानि)ले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई ७३ करोड नौ लाख ५५ हजार रुपैयाँ किस्ता भुक्तानी गरेको छ । निगमले अन्तर्राष्ट्रिय उडान गर्ने जहाजहरू खरिद गर्न सञ्चय कोष र नागरिक लगानी कोषसँग ऋण लिएको थियो । सो ऋण दायित्वबापतको किस्ता सोमबार भुक्तानी गरेको निगमले जनाएको छ ।

निगमले न्यारोबडी जहाज खरिदका लागि कर्मचारी सञ्चय कोषसँग लिएको साँवा तथा ब्याजबापत ५३ करोड नौ लाख ५५ हजार रुपैयाँ तिरेको छ । त्यस्तै, वाइडबडी जहाज खरिदका लागि लगानी कोषसँग लिएको ऋणको किस्ताबापत २० करोड रुपैयाँ तिरेको बताएको छ । 

कोरोना महामारीलगायतका कारणले निगमले विगत तीन वर्षदेखि दुवै ऋणदातालाई किस्ता भुक्तानी गर्न सकेको थिएन । कोभिड महामारी कम हुँदै गएपछि क्रमशः व्यापार लयमा फर्किन थालेको भन्दै निगमले ऋणको दायित्व भुक्तानी गर्न थालेको हो । निगमले ०७६ पछि ३० असार ०७९ मा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ताबापत एक अर्ब ३५ करोड रुपैयाँ भुक्तानी गरेको थियो ।

पछिल्लो समय नियमित उडान, अकुपेन्सी दरमा सुधारलगायतबाट आम्दानीमा वृद्धि भएको निगमको दाबी छ । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुईवटा वाइडबडी एयरबस ३३० र दुईवटा न्यारोबडी एयरबस ३२० जहाज रहेका छन् । तर, चारवटा जहाजको अधिकतम उपयोग भने हुन सकेको छैन । जहाजमा सामान्य समस्या आउँदा पनि हप्तौँ–महिनौँसम्म ग्राउन्डेड हुने यथार्थता छ ।

ad
ad