१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १३:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

पुरुष खोखोकाे सेमिफाइनल समीकरण पूरा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १३:२५:oo

नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत भइरहेको खोखो प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। जसमा समूह ‘ए’बाट समूह विजेता बन्दै विभागीय टिम नेपाल आर्मी र उपविजेता बागमती प्रदेश सेमिफाइनलमा पुगेका छन्।

त्यस्तै, समूह ‘बी’बाट समूह विजेताका रूपमा लुम्बिनी प्रदेश र उपविजेताका रुपमा प्रदेश १ सेमिफाइनलमा प्रवेश गरेका छन्। चारवटै टिम बुधबार पोखरा रंगशालास्थित ह्यान्डबल एकेडेमीमा फाइनल प्रवेशका लागि भिड्नेछन्।

राउन्ड रोबिन आधारमा भइरहेको प्रतियोगिताको सेमिफाइनलअन्तर्गत बुधबार बिहान पहिलो खेल समूह ‘ए’का विजेता आर्मी र ‘बी’का उपविजेता प्रदेश १ र दोस्रो खेलमा समूह ‘बी’का उपविजेता र समूह ‘ए’का विजेता पुरुष टोलीबीच प्रतिस्पर्धा हुनेछ।

असोज ३० बाट सुरु भएको खोखो प्रतियोगितामा दुई विभागीयसहित नाै टिम सहभागी थिए। खेल कात्तिक ३ गते सकिनेछ।

ad
ad