१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार o७:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

रुस–युक्रेन युद्धले ४० लाख बालबालिकालाई गरिबीको रेखामुनि धकेल्यो : राष्ट्रसंघ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o७:४६:oo

 रुस र युक्रेनबीचको युद्ध चर्किंदै जाँदा यी दुई देशका बालबालिका सबैभन्दा बढी प्रभावित भएको युनिसेफको युरोप तथा मध्यएसिया क्षेत्रका निर्देशक अफसान खानले बताएका छन् ।

बालबालिकासम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय (युनिसेफ)को प्रतिवेदनअनुसार २२ देशको अध्ययनले युक्रेनमा रुसको आक्रमणले गहिरो आर्थिक संकट बढ्दै गएको र त्यसको ठूलो मार बालबालिकामाथि परेको देखिएको हो । जारी आर्थिक मन्दीका कारण अहिले यी देशका थप २८ लाख बालबालिका गरिबीको रेखामुनि पुगेको बताइएको छ । यसैगरी, रोमानियामा पनि ११ लाख बालबालिका गरिबीमा धकेलिएको प्रतिवेदनमा उल्लेख छ । 

युनिसेफका क्षेत्रीय निर्देशक अफसान खानले यो डरलाग्दो युद्धको चपेटामा यस क्षेत्रका बालबालिका प्रभावित भइरहेको बताएका छन् । अहिलेसम्म युक्रेनमा युद्धका कारण कम्तीमा ९७२ बालबालिका मारिएका वा घाइते भएका छन् ।  युनिसेफको अनुमानअनुसार युक्रेनका १० मध्ये एउटा विद्यालय नष्ट भएको छ ।

यहाँका विद्यालयलाई समेत द्वन्द्वमा प्रयोग गरिएको छ । जसले गर्दा अभिभावकले आफ्ना बालबालिकालाई कक्षाकोठामा फर्काउन सुरक्षित महसुस गरेका छैनन् । युनिसेफले तत्कालै युद्धविरामका लागि आह्वान गरिरहेको छ । 

ad
ad