१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ कार्तिक १ मंगलबार ०७:०९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

पुरातत्व र महानगरको बेवास्ताले टुकुचाको खाल्डा व्यवस्थापन अन्योल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ कार्तिक १ मंगलबार ०७:०९:००

काठमाडौं महानगरपालिकाले भत्काएर छाडेको टुकुचालाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे अन्योल भएको छ । पुरातत्व विभाग र महानगरले टुकुुचा संरक्षण सम्बन्धमा चासो नदिँदा महानगरले टुकुचाका चार स्थानमा पारेका खाल्डा अलपत्र छन् ।

टुकुचा खाली गर्ने नाममा महानगरले चार स्थानमा भत्काएको थियो । उच्च अदालत पाटनको अन्तरिम आदेशपछि थप खाल्डा बनाउन महानगर पछि हटेको थियो । त्यसयता महानगर टुकुचा व्यवस्थित पार्नेबारेसमेत मौन छ । यता, पुरातत्व विभागले दसैँअघि नै पुरातत्व अधिकृत भास्कर ज्ञवालीको संयोजकत्वमा अध्ययन टोली खटाए पनि टोलीले अझै अध्ययन गरिसकेको छैन । काठमाडौं महानगरले टुकुचाको ठाउँ–ठाउँमा खनेर डुँड भत्काएपछि विभाग त्यसको अध्ययनमा जुटेको थियो । 

डोजर खनेर छाडेमा बडेमानका खाल्डा अलपत्र छन् । ती अहिले धराप बनेको स्थानीयको भनाइ छ । कतै सडक नै भासिएको छ । सडक प्रयोगकर्तालाई ओहोरदोहोरमा समेत जोखिम छ । 

काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धरले भत्काउने वा अघि बढ्नेबारे कुनै योजना नबनेको बताए । ‘हामीले टुकुचा कहाँनेर छ भनेर खोजेका थियौँ, ठाउँ पत्ता लाग्यो, ऐतिहासिक क्षेत्र भन्ने आइरहेकाले त्यसलाई अब महानगरले भत्काउँदैन,’ उनले भने ।

विभागका प्रवक्ता रामबहादुर कुवँरले टुकुचाको संरक्षण गर्ने तयारी भइरहेको बताए । उनले अध्ययनपछि मात्रै विभाग संरक्षणमा लाग्ने जानकारी दिए । ‘यसको अध्ययन भइरहेको छ, अब भत्काउन दिँदैनौँ,’ उनले भने, ‘यो प्राचीन भइसकेको छ ।’