मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ असोज ३१ सोमबार ०८:१६:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

महिला क्रिकेट : एपिएफ र बागमती सेमिफाइनलमा

Read Time : < 1 मिनेट
२०७९ असोज ३१ सोमबार ०८:१६:००

महिला क्रिकेटमा एपिएफ र बागमती प्रदेश सेमिफाइनलमा प्रवेश गरेका छन् । आइतबार पोखरा रंगशालामा भएको पहिलो खेलमा एपिएफले सुदूरपश्चिम प्रदेशलाई पाँच विकेटले पराजित गर्‍यो । पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा तीन विकेटको क्षतिमा ९२ रन जोडेको थियो ।

सुदूरपश्चिमका लागि ऋतु कनौजियाले ३५ रन, रुवि पोदारले २३ रन तथा स्नेहा महराले १८ रन बनाए । एपिएफका नेरी थापा, इन्दु बर्मा र सुष्मा श्रेष्ठले समान एक विकेट लिए । एपिएफले १६ ओभरमा जित हात पार्‍यो । एपिएफको ब्याटिङमा इन्दु बर्माले ४३ बलमा पाँच चौका प्रहार गर्दै ४५ रन बनाइन् । सुदूरपश्चिमका मनीषा चौधरी, अनु कडायत, डोली भट्ट र स्नेहा महराले समान एक विकेट लिए ।

अर्को खेलमा बागमतीले मधेस प्रदेशमाथि आठ विकेटको जित निकाल्यो । पहिला ब्याटिङ गरेको मधेसले १८.२ ओभरमा सम्पूर्ण विकेट गुमाएर ५४ रन बनाएको थियो । शान्ति चौधरीको आठ रन सर्वाधिक बन्यो । बागमतीका बिपिसा शाही, सोनी पाख्रिन र खुसी डंगोलले समान दुई विकेट लिए ।

बागमतीले १३.२ ओभरमा दुई विकेट गुमाउँदै जित प्राप्त गर्‍यो । बागमतीका लागि सुमन खतिवडाले १७ रन, अनिशा माझकोटीले १६ रन तथा अस्मिता खरेलले १३ रन बनाए । मधेसका सरस्वती कुमारी र कविता गौतमले एक–एक विकेट लिए । खेलमा पाँच रन खर्चिएर दुई विकेट लिएकी बागमतीका बिपिसा शाही म्यान अफ दी म्याच भइन् । समूह ‘ए’बाट एपिएफ आठ अंकसहित शीर्ष स्थानमा छ । बागमती प्रदेशले ६ अंकसहित दोस्रो स्थानमा रहँदै अन्तिम चारको स्थान पक्का गर्‍यो ।