Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असोज ३० आइतबार ०८:२०:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अर्थ इतिहास : नेपाल धितोपत्र बोर्डको स्थापना कहिले भयो ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असोज ३० आइतबार ०८:२०:००

राष्ट्रिय बचत, लगानी एवं अन्तर्राष्ट्रिय लगानीलाई आकर्षित गर्दै अर्थतन्त्रको पुँजी लागतमा कमी ल्याउने गरी पुँजी बजारलाई सक्षम, गतिशील र विकसित बनाउने लक्ष्यका साथ धितोपत्रसम्बन्धी ऐन, २०६३ बमोजिम नेपाल सरकारबाट ०५० साल जेठ २५ गते नेपाल धितोपत्र बोर्डको स्थापना भएको हो ।

यसको मुख्य उद्देश्य भनेको पुँजी बजारको विकास गरी धितोपत्रमा लगानी गर्ने लगानीकर्ताको हित संरक्षण गरी धितोपत्रको निष्कासन, खरिद, बिक्री वितरण तथा विनिमयलाई व्यवस्थित बनाई धितोपत्र बजार र धितोपत्र व्यवसायमा संलग्न व्यक्तिहरूको कामकारबाहीलाई नियमित तथा व्यवस्थित गर्ने रहेको छ । 

बोर्डले नेपाल स्टक एक्स्चेन्ज लिमिटेड, सिडिएस एन्ड क्लियरिङ लिमिटेड, साख मूल्यांकन संस्था धितोपत्र दलाल व्यवासायी, मर्चेन्ट बैंकर, निष्कासनकर्ता कम्पनी, सूचीकृत कम्पनी, सामूहिक लगानी कोष, निक्षेप सदस्य र आस्वा प्रणालीमा आबद्ध संस्थाहरूको नियमन गर्छ । स्रोत : नेपाल स्टक एक्स्चेन्ज, नेप्से