१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
खजुरा गाउँपालिकास्थित पेडारी नालामा आएको बाढीमा फसेका सर्वसाधारणको उद्धार गर्दै सशस्त्र प्रहरी ।
२o८१ बैशाख १९ बुधबार १o:४५:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

बाढीले बाँकेको साढे सात हजार हेक्टरको बालीमा क्षति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १o:४५:oo

१९ असोज बिहानदेखि परेको अविरल बर्सातपछि आएको बाढीले बाँकेका आठ हजार सात सय तीन परिवार प्रभावित भएका छन् । बाढीले बाँकेको सात हजार चार सय ६० हेक्टर जमिनमा लगाइएको बालीमा समेत क्षति पुगेको छ । बाढीले सबैभन्दा धेरै राप्तीसोनारी गाउँपालिकामा लगाइएको बालीमा क्षति पुर्‍याएको सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले बताए । त्यहाँ एक हजार ६ सय ५० हेक्टर जमिनमा लगाइएको बालीमा क्षति पुगेको उनको भनाइ छ । 

त्यस्तै, डुडुवा गाउँपालिकामा एक हजार चार सय ६० हेक्टरमा रहेको बालीमा बाढीले क्षति पुर्‍याएको छ भने खजुरा गाउँपालिकामा एक हजार ९५, जानकी गाउँपालिकामा नौ सय ५०, बैजनाथमा आठ सय ३०, कोहलपुरमा सात सय ३० र नरैनापुरमा तीन सय ८० तथा नेपालगन्ज उपमहानगरपालिकामा तीन सय ६५ हेक्टरमा रहेको बालीमा क्षति पुगेको छ ।

राप्ती नदी, डुडुवा, मानखोला, रतैया नाला र पेडारी खोलामा आएको बाढीले बाँकेका आठ पालिकाका आठ हजार सात सय तीन घरपरिवार प्रभावित भएको जिल्ला विपत् व्यवस्थापन समितिले ठहर गरेको छ । बाढीले एक हजार एक सय ४३ परिवार विस्थापित भएको र एक सय ८१ घरमा पूर्ण क्षति तथा पाँच सय ९८ घरमा आंशिक क्षति भएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले जानकारी दिए । बाढीमा परी दुईजना घाइते भएका छन् ।

राप्ती नदीमा आएको बाढीले सबैभन्दा धेरै क्षति राप्तीसोनारी गाउँपालिकामा पु¥याएको केसीले बताए । उनका अनुसार राप्ती नदीमा आएको बाढीबाट राप्तीसोनारी गाउँपालिकाका तीन हजार पाँच सय परिवार प्रभावित भएका छन् । उक्त पालिकाका सात सय ९८ परिवार विस्थापित भएको केसीले जानकारी दिए । 

वर्षाले नरैनापुर गाउँपालिकाका दुई हजार ६ सय ९६ परिवार प्रभावित भएका छन् । नरैनापुरका ५० परिवार विस्थापित भएका छन् । त्यहाँका ३५ घरमा पूर्ण क्षति र एक सय २० घरमा आंशिक क्षति पुगेको सहायक प्रमुख जिल्ला अधिकारी केसीले बताए । उक्त पालिकाका गंगापुर, मटेहिया, सोनवर्षालगायत गाउँमा राप्ती नदीले क्षति पु¥याएको छ ।  

राप्ती नदी र डुडुवा खोलामा आएको बाढीले डुडुवा गाउँपालिकाका एक हजार नौ सय ५० परिवार प्रभावित भएका छन् । जिल्ला विपत् व्यवस्थापन समितिका अनुसार उक्त पालिकाका ९५ परिवार विस्थापित भएका छन् । बाढीले ४५ वटा घरमा पूर्ण र एक सय ३५ घरमा आंशिक क्षति पुर्‍याएको छ । त्यसैगरी, खजुरा गाउँपालिकाका दुई सय ४९ परिवार प्रभावित भएका छन् भने ३५ परिवार विस्थापित भएका छन् । 

बाढीले विस्थापित भएका दुई सय ५० परिवारलाई टेन्ट, एक हजार चार सय ५० थान त्रिपाल, चार हजार पाँच सयजनाका लागि खाद्यान्न, तीन सय ५० सेट कपडा र तीन सय ५० सेट भाँडाकुँडा आवश्यक रहेको जिल्ला विपत् व्यवस्थापन समितिले जनाएको छ । त्यस्तै, दुई हजार पाँच सय थान कम्बल, तीन हजार पाँच सय थान गुन्द्री, पाँच हजार पाँच सयजनाका लागि तयारी खाना, दुई हजार पाँच सय परिवारका लागि खानेपानी र दुई हजार पाँच सय थान झुल आवश्यक रहेको केसीले बताए । 

ad
ad