१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
कमल खत्री म्याग्दी
२o८१ बैशाख २२ शनिबार २o:oo:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

नवाैँ राष्ट्रिय खेलकुद : महिला भलिबलमा गण्डकीको विजयी सुरुवात

Read Time : > 1 मिनेट
कमल खत्री, म्याग्दी
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार २o:oo:oo

नवाैँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बिहीबारदेखि म्याग्दी सदरमुकाम बेनीमा सुरु भएको महिला भलिबल प्रतियोगितामा गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ। 

बेनीको खुल्ला मञ्चमा भएको महिला भलिबलको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेशको टिमलाई सोझो तीन सेट आफ्नो पक्षमा पार्दै गण्डकीले विजयी सुरुवात गरेको हो। 

पहिलो सेटमा १८ का विरुद्ध २५ दोस्रो सेट ८ का विरुद्ध २५ र तेस्रो सेटमा २२ का विरुद्ध २५ मा गण्डकीले जित हासिल गरेको थियो। यस प्रतियोगितामा गण्डकी प्रदेशका रिमा कुँवर उत्कृष्ट खेलाडी घोषित भएकी छिन्। 

गण्डकीको टिम अरुणा शाही र सुदूरपश्चिम बालारती जोशीको कप्तानीमा मैदानमा उत्रिएका थिए। राष्ट्रिय महिला भलिबल टिमका क्याप्टेन शाहीको म्याग्दी गृहजिल्लासमेत हो।

आगामी कात्तिक २ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सात प्रदेश र तीनवटा विभागीय टिम सहभागी छन्। शुक्रबार दोस्रो दिन पहिलो चरणका तीनवटा खेल सञ्चालन हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले जानकारी दिए। 

लिक कम नक आउट सिस्टममा खेलाइने प्रतियोगिताका लागि चारवटा समूह बनाइएको छ। पाँच दिनमा १६ वटा खेल सञ्चालन हुनेछन्। 

समूह १ र २ मा तीन-तीन र समूह ३ र ४ मा २-२ वटा टिम छन्। असोज २८ गते शुक्रबार बिहान ८ बजे समूह १ को सशस्त्र प्रहरी र कर्णाली प्रदेश, १० बजे समूह २ को बागमती र प्रदेश १ र २ बजे तेस्रो समूहको नेपाल पुलिस क्लब र लुम्बिनीबीच हुने भएको छ। महिला भलिबल प्रतियोगिताका एक समारोहबीच जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गरेका छन्। 

बेनीमा म्याग्दीको सांस्कृतिक झाँकीसहितको र्यालीले खेलाडीलाई स्वागत गरिएको थियो। प्रतियोगिता सञ्चालनको अवधिमा हरेक खेलपछि म्याग्दीको कला र संस्कृति झल्कने नृत्यहरू र संस्कृति प्रदर्शनसमेत गर्ने व्यवस्था मिलाउँदै प्रतियोगितालाई खेल महोत्सवको रूपमा अघि बढाइएको जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले जानकारी दिए। 

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शुक्रबारदेखि बेनीमै तेक्वान्दो प्रतियोगितासमेत सञ्चालन हुँदै छ। उक्त प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआरएनएका ३३० जना खेलाडी विभिन्न उमेर समूहमा ६६ वटा पदकका लागि प्रतिस्पर्धा गर्ने जिल्ला खेलकुद विकास समितिका प्रशिक्षक कर्ण प्रधानले बताए। 

बेनीको कालीपुलस्थित कवर्डहलमा हुने तेक्वान्दो प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ भने खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरूसमेत बेनी आइपुगेका छन्। 


 

ad
ad