मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २२ शुक्रबार
  • Friday, 08 December, 2023
एजेन्सी नउक्याम्प
२०७९ असोज २७ बिहीबार १९:३५:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

बार्सिलोनालाई झड्का

Read Time : < 1 मिनेट
एजेन्सी, नउक्याम्प
२०७९ असोज २७ बिहीबार १९:३५:००

युरोपियन च्याम्पियन्स लिग फुटबलमा बार्सिलोना लगातार दोस्रो सिजन समूह चरणबाटै बाहिरिने खतरा बढेको छ। जित्नुपर्ने दबाबमा रहेको अवस्थामा इन्टरमिलानसँगको खेलमा बराबरीमै रोखिएपछि बार्सालाई झड्का लागेको हो। 

गृहमैदान नउक्याम्पमा भएको महत्वपूर्ण खेलमा बार्सा इटालियन क्लबसँग ३–३ मा रोकियो। समूहको चौथो चरणको खेल सकिँदा बार्सा ४ अंकसहित तेस्रो स्थानमा छ। बार्यन सबै खेल जितेर १२ अंकसहित शीर्ष स्थानमा रहँदा दुई खेल र एक बराबरीपछि इन्टर ७ अंकसहित दोस्रो स्थानमा छ। 

अब बार्साले शीर्ष स्थानमा रहेको बार्यन र अंकविहीन रही अन्तिममा रहेको भिक्टोरिया प्लेजनसँग खेल्न बाँकी छ। च्याम्पियन्स लिगको अन्तिम १६ मा पुग्न बार्साले आफ्ना बाँकी दुवै खेल जित्नुपर्नेछ। त्यसपछि पनि उसले अन्य खेलको परिणाम कुर्नुपर्ने हुन्छ। 

बार्साका पूर्वस्टार खेलाडी जाभी म्यानेजरका रूपमा पहिलो सिजनमै च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिन चाहँदैनन्।