१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका विराटनगर
२o८१ जेठ ६ आइतबार १२:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

तिहार नजिकिएसँगै झिलिमिली बत्तीको तस्करी सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १२:१२:oo

तिहार पर्व नजिकिएसँगै विराटनगरमा भारतबाट इलेक्ट्राेनिक्स सामानहरू तस्करी हुन थालेको हो। भारतको जोगबनी बजारबाट भन्सार छली गरेर  नेपालतर्फ ल्याउँदै गरेको पाँच लाखबराबरको झिलिमिली बत्तीहरू मोरङ प्रहरीले बरामद गरेको हो।

प्रहरीले मोरङको विराटनगर महानगरपालिका– १२ दरैया मार्गबाट सोमबार राति को.१च ३१७८ नम्बरको भ्यान चेकजाँच गर्ने क्रममा भन्सार छली गरेर ल्याएको करिब चार लाख ७० हजार मूल्यबराबरका इलेक्ट्रोनिक सामान बरामद गरेको थियो।

बरामद भ्यान र इलेक्ट्रिक सामानहरू आवश्यक कारबाहीका लागि मंगलबार भन्सार कार्यालय रानी, विराटनगरमा बुझाइएको मोरङ प्रहरीले जनाएको छ। चाडबाडको अनुकूलताअनुसार व्यापारीले भारतीय बजारबाट अवैध रूपमा विभिन्न मालवस्तु तस्करी गरेर ल्याई महँगोमा बिक्री गरेर अकुत नाफा कमाउने गरेका छन्।

ad
ad