१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार o९:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o९:५६:oo

मेरो दैनिक प्रायः साँझ–बिहान ट्रेनिङ हुने गर्छ । दैनिक ६ घन्टा ट्रेनिङमा समय बित्छ । यसले नै मेरो एक्सरसाइजका लागि समय पुगिरहेको हुन्छ । सकेसम्म अन्य एक्सरसाइज गर्दिनँ । प्रतियोगिताको दौरान झन् ९–१० घन्टा ट्रेनिङमै समय बित्छ । जसमध्ये एक घन्टा दौड हुन्छ । दैनिक २० माइल दौडिन्छु । यसले शारीर सुगठित मात्रै गराउँदैन, फिट रहन पनि सहयोग गर्छ । 

हाम्रो शरीरका लागि सन्तुलित भोजन लिन पनि उत्तिकै आवश्यक छ । अन्य समयमा भन्दा खेलका दौरान पौष्टिक आहारको बढी नै आवश्यकता हुन्छ । त्यसैले प्रतियोगिताको समयमा बिहान चना, अन्डा, दूधलगायतका खानेकुरा खान्छु । अन्य समयमा दालभात, माछा– मासु, स्याउ, केरालगायत सिजनअनुसारको फलफूल खान्छु । यसबाहेक फलफूलको जुस पिउने गर्छु । खानेकुरा यही हुनुपर्छ भन्ने छैन, तर त्यसमा फ्याट बढी भएको खानेकुरा खाँदिनँ । अर्काे, बाहिरका मःम, चाउमिनजस्ता खानेकुरा खाँदिनँ । 

खेलाडीले प्रशस्त पानी पिउन अत्यावश्यक छ । हाम्रो शरीरमा पानीको आवश्यकता बढी हुन्छ । दैनिक तीनदेखि चार लिटर र अन्य समयमा दुई लिटर पानी अनिवार्य पिउँछु । शरीरलाई सन्तुलन राख्न खेलाडी मात्रै नभएर सबैलाई आवश्यक हुन्छ । हाम्रो धन भनेकै स्वास्थ्य हो । त्यसैले घरमै एक्सरसाइज गरेर आफ्नो शरीर फिट राख्न आग्रह गर्छु । घरमै दैनिक एक घन्टा आफूलाई सजिलो लाग्ने एक्सरसाइज गर्दा पनि हुन्छ । त्यसमा स्ट्रेचिङ गर्ने र बिहान दौडिए मात्रै पुग्छ । 

ad
ad