Skip This
बैंकिङ कसुरमा दोषी ठहरिएका कांग्रेस उम्मेदवारको उम्मेदवारी खारेज 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असोज २५ मंगलबार
  • Tuesday, 16 September, 2025
मनीष खड्का रुकुम पश्चिम
२o७९ असोज २५ मंगलबार १८:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बैंकिङ कसुरमा दोषी ठहरिएका कांग्रेस उम्मेदवारको उम्मेदवारी खारेज 

Read Time : < 1 मिनेट
मनीष खड्का, रुकुम पश्चिम
नयाँ पत्रिका
२o७९ असोज २५ मंगलबार १८:२o:oo

बैंकिङ कसुरमा दोषी ठहर भएका नेपाली कांग्रेस रुकुम पश्चिमका सभापतिसमेत रहेका प्रेमप्रकाश ओलीको उम्मेदवारी खारेज भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले मंगलबार सार्वजनिक गरेको दाबी विरोधपछि सार्वजनिक गरिएको उम्मेदवारहरूको नामावलीमा उनको नाम नराखिएको हो।

जिल्लाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर (ख) मा उम्मेदवारी दिएका ओलीको उम्मेदवारीमा दाबी विरोध परेको थियो। जस क्रममा उनलाई बैंकिङ कसुरमा दोषी पाइएपछि उनको उम्मेदवारी खारेज भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

बैंकिङ कसुरमा दोषी ठहरिएकाले उनको उम्मेदवारी खारेज भएको मुख्य निर्वाचनको अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत कृतबहादुर बोहराले जानकारी दिए। प्रदेश सभा (ख)तर्फ गठबन्धनका उम्मेदवार राजकुमार शर्माका तर्फबाट ओलीको उम्मेदवारीमा दाबी विरोध परेको थियो।

अन्य कुनै पनि उम्मेदवारविरुद्ध भने दाबी विरोध नपरेको बोहराले बताए। ओलीविरुद्ध उच्च अदालत सुर्खेतले गत वर्ष चेक अनादर गरेको ठहर गर्दै बिगो भराउने र एक महिनासम्मको कैद सजायको फैसला गरेको थियो। रुकुम पश्चिमकै सानीभेरी गाउँपालिका १, का सुदीप विकले दायर गरेको मुद्दामा २०७८ असार १६ गते फैसला गर्दै अदालतले ७ लाख २३ हजार ७ सय ५० बिगो तिर्न र एक महिना कैद सजाय तोकेको थियो।