Skip This
हरिवंश भन्छन्– कलाकार सबैका साझा हुन्, चुनाव प्रचारको आस नगर्नू
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २५ मंगलबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज २५ मंगलबार ११:१८:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

हरिवंश भन्छन्– कलाकार सबैका साझा हुन्, चुनाव प्रचारको आस नगर्नू

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज २५ मंगलबार ११:१८:oo

यतिखेर देश चुनावी माहोलले तातिएको छ। राजनीतिकर्मी मात्र नभई कलाकारदेखि व्यापारीसम्म हरेक पेसा अँगालेकाहरूलाई चुनावले छाेएकाे छ। उम्मेदवारहरूले मतदातालाई आफूतिर तान्न प्रचारप्रसार र घरदैलाे अभियान सुरु गरेका छन्।

कलाकारहरू पनि आफ्नो व्यावसायिक धर्म छाडेर चुनावप्रसारमा व्यस्त हुन थाल्दा कलाकार हरिवंश आचार्यले भने चुनावप्रचारकाे आस नगर्न उम्मेदवारहरूलाई आग्रह गरेका छन्। कलाकार सबैको साझा हुने भन्दै उनले कलाकारसँगको नाता र आत्मीयतालाई पवित्र राखेर प्रचारप्रसारको आस नगर्न सामाजिक सञ्जालमार्फत आग्रह गरेका हुन्। 

उनले फेसबुकमा लेखेका छन्, ‘हामी सबै  राजनीतिक दल, सबै उम्मेदवारका साझा मानिस  हौँ। ब्यालेटबक्समा खसाल्ने मतपत्रको कुन चिह्न रोज्ने भन्ने कुरा स्वविवेक हो। तर, कसैको पक्षमा भोट माग्न, कसैको प्रचारक हुन सकिँदैन। यो हाम्रो बाध्यता हो। त्यसैले मित्रता, आत्मीयता, नातालाई पवित्र नै राखी चुनावमा हामीबाट प्रचारप्रसारको आशा नगरिदिन अनुरोध गर्दछु।’