१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
तिवारी यादव वीरगन्ज
Invalid date format १७:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नौ लाख नक्कली नेपाली नोटसहित तीनजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:३६:oo

बारा प्रहरीले नाै लाख नक्कली नेपाली नोटसहित पक्राउ परेकाहरूलाई सार्वजनिक गरेको छ। सोमबार जिल्ला प्रहरी कार्यालय बाराले पत्रकार सम्मेलनमार्फत नक्कली नेपाली नोटमा संलग्न तीनजनालाई सार्वजनिक गरेको हो।
 
नक्कली नोटसहित पक्राउ पर्नेमा भारत मोतिहारी पूर्वी चम्पारण पिपराकोठी बस्ने २५ वर्षीय रंजितकुमार मुखिया, कलैया उपमहानगरपालिका वडा नम्बर १५ बस्ने ३४ वर्षीय सैनुल्लाह अन्सारी र सिम्रौनगढ नगरपालिका वडा नम्बर २ बस्ने ३६ वर्षीय बिनाका मुखिया बिन रहेको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।
  
प्रहरी उपरीक्षक बोगटीका अनुसार असोज २१ रंजितले सिम्रौनगढ नगरपालिका- ५ कनकपुरस्थित एसपी साइन मोटरसाइकल लिएर नेपाल भित्रिने क्रममा पक्राउ परेका थिए। 

प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा सैनुल्लाह र बिनाका पनि संलग्न रहेको देखिएपछि असोज २३ उनीहरूलाई पनि पक्राउ गरिएको प्रहरी उपरीक्षक बोगटीले बताए।

उनीहरू विगत लामो समयदेखि नक्कली नेपाली नोट नेपालमा विभिन्न माध्यमले भित्र्याउँदै आएको गिरोह नै रहेको बताए। 
 
उनले निर्वाचन र चाडपर्वको मौका छोपी सिम्रौनगढ इलाकाबाट नक्कली नोटको कारोबार गर्दै आएको अनुसन्धानको क्रममा देखिएको बताए।