Skip This
मलेसियामा संसद् विघटन, मध्यावधि निर्वाचन घोषणा
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १६:४१:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

मलेसियामा संसद् विघटन, मध्यावधि निर्वाचन घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:४१:oo

मलेसियाको संसद् विघटन गरिएको छ। प्रधानमन्त्री इस्माइल साब्री याकोबले संसद् विघटन गरिएको घोषणा गरेका हुन्। उनले संसद् विघटन गर्दै मध्यावधि निर्वाचनसमेत घोषणा गरेका छन्। 

उनले घोषणा गरेअनुसार आगामी ६० दिनभित्रमा निर्वाचन हुनेछ। टेलिभिजनबाट देशका नाममा सम्बोधन गर्दै उनले संसद् विघटन र निर्वाचन घोषणाका लागि राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहसँग अनुमति लिइसकेको पनि जानकारी दिए। 
 
सन् २०१८ को निर्वाचनपछि देशमा अप्रत्याशित विभिन्न घटनाक्रम भएको, त्यसले देशको आर्थिक तथा राजनीतिक अवस्थालाई असर गरेकाले तत्काल निर्वाचन गर्नुपरेको उनको भनाइ छ।

सम्बोधनका क्रममा उनले भने, ‘हामीले फेरि जनताको अभिमत लिने निर्णय गरेका छौँ, जनताको अभिमत नै सबैभन्दा शक्तिशाली हुन्छ, निर्वाचनबाट प्राप्त जनताको अभिमतअनुसार काम गर्नेछौँ।’

देशमा राजनीतिक स्थायित्व, जिम्मेवार तथा सुनिश्चित सरकारको आवश्यकता रहेकोमा समेत उनले जोड दिए। निर्वाचनकै मिति भने अहिले घोषणा भइसकेको छैन। 

सरकारको सिफारिसमा निर्वाचन आयोगले केही दिनमा निर्वाचनको मिति घोषणा गर्ने जनाइएको छ। निर्वाचनबाट प्रतिनिधिसभाका  दुई सय २२ सदस्य निर्वाचित हुनेछन्। यसअघिको निर्वाचनपछि सन् २०२० सम्म दुई वर्षका लागि महाथिर मोहम्मद प्रधानमन्त्री निर्वाचित भएका थिए।  

त्यसपछि मुह्यीद्दिन यासिनले प्रधानमन्त्रीको जिम्मेवारी लिएका थिए। उनको सरकार पनि ढलेपछि वर्तमान प्रधानमन्त्री साब्रीले सन् २०२१ को अगस्त २१ मा शपथग्रहण गरेका थिए।