१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार १५:२२:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एमालेबाट टिकट पाएका घर्ती ‘स्वतन्त्र उम्मेदवार’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १५:२२:oo

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि आइतबार मनोनयन दर्ता भएको छ।

विभिन्न राजनीतिक दलसँगै केहीले स्वतन्त्र उम्मेदवारी दिएका छन्। जिल्लाको क्षेत्र नम्बर २ प्रदेश (क)मा प्रदेश सभा सदस्यका लागि उम्मेदवार दिएका प्रकाश घर्तीमगरले नेकपा एमालेबाट टिकट पाए पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।
 
घर्तीले एमालेले दिएको टिकट नलिएर स्वतन्त्र उम्मेदवारी दर्ता गराएको बताए। ‘मैले नेकपा एमालेले दिएको टिकटमा उम्मेदवारी दिएको छैन। स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गरेको हुँ,’ घर्तीले भने, ‘एमालेको यस क्षेत्रमा आधिकारिक कुनै उम्मेदवार नभएका कारण मलाई साथ र समर्थन छ। मेरो चुनाव चिह्न सूर्य हुनेछैन। निर्वाचन अधिकृतको कार्यालयमा चुनाव चिह्न प्राप्त गरेपछि त्यही लिएर प्रचारप्रसारमा होमिनेछु।’
 
घर्तीले स्वतन्त्र उम्मेदवारी दर्ता गरेपछि नेकपा एमालेले यस क्षेत्रमा घर्तीकै नाम राखेर पठाएको थियो। एमालेले यस क्षेत्रमा प्रतिनिधिसभातर्फ मञ्जु शर्मा चालिसे र प्रदेश सभा (क)मा प्रकाश घर्तीमगर र प्रदेश सभा (ख)मा लक्ष्मण पुनलाई नै उम्मेदवार बनाउने निर्णय गरेको थियो।
 
सोहीअनुसार उम्मेदवारी दर्ता गर्न गए पनि घर्तीले स्वतन्त्र उम्मेदवारी दर्ता गरेको नेकपा एमाले बाग्लुङका सचिव विष्णु भुसालले जानकारी दिए। भुसालका अनुसार प्रदेश सभा क्षेत्रमा एमालेको आधिकारिक उम्मेदवार नै घर्ती छन्।

‘हामीले उहाँलाई नै आधिकारिक उम्मेदवारको रूपमा अगाडि सारेका हौँ,’ भुसालले भने, ‘उहाँले उम्मेदवारी स्वतन्त्र रूपमा दर्ता गरे पनि एमालेको साथ र समर्थन उहाँलाई नै गर्ने निर्णय भएको छ।’ 
 
नेकपा माओवादी केन्द्रको राजनीतिमा सक्रिय रहेका घर्ती ताराखोला गाउँपालिकाको निवर्तमान गाउँपालिका अध्यक्ष हुन्। उनले गत स्थानीय तहको निर्वाचनमा पनि गाउँपालिका अध्यक्षमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका थिए।

जनयुद्धकालदेखि नै माओवादीको राजनीतिमा सक्रिय उनी यसपटक एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवारको रूपमा प्रस्तुत भएका छन्। घर्तीले कांग्रेसका उम्मेदवार जितबहादुर शेरचनसँग प्रतिस्पर्धा गर्दै छन्। 

शेरचन कांग्रेसका जिल्ला सभापति तथा सत्तारूढ गठबन्धनका साझा उम्मेदवार हुन्। यस क्षेत्रको प्रतिनिधिसभातर्फ गठबन्धनमा नेकपा माओवादी केन्द्रका सचिव एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले उम्मेदवारी दिएका छन्। 

घर्तीसँगै भीमलाल पोखरेल पनि स्वतन्त्र उम्मेदवार बनेका छन्। पोखरेल राष्ट्रिय जनमोर्चाका जिल्लासचिव हुन्। यस क्षेत्रमा नेकपा एमाले तेस्रो शक्तिको रूपमा रहेका कारण घर्तीले नेकपा एमालेले दिएको टिकट नलिएर स्वतन्त्र रूपमा उम्मेदवारी दिएर मतदाता रिझाउने तरिका भएको विश्लेषक बताउँछन्। 
 

ad
ad