१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार १५:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सल्यान कांग्रेसमा विद्रोह, सत्तागठबन्धनविरुद्ध दुईजनाको बागी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १५:४१:oo

सल्यान कांग्रेसमा विद्रोह भएको छ। सत्तागठबन्धनविरुद्ध कांग्रेसका नेताहरूले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

पूर्वराज्यमन्त्री राजेन्द्रबहादुर शाहले प्रतिनिधिसभा र कर्णाली प्रदेश कार्यसमितिका सहमहामन्त्री एकराज डाँगीले प्रदेश सभा सदस्यका लागि (क)बाट उम्मेदवारी दर्ता गराएका हुन्। शाह र डाँगी ०७४ को निर्वाचनमा समेत उम्मेदवार बनेका थिए।

गठबन्धनले प्रतिनिधिसभामा नेकपा एकीकृत समाजवादीका नेता प्रकाश ज्वाला, प्रदेश निर्वाचन (क)मा माओवादीका भीमप्रकाश शर्मा र (ख)मा कांग्रेसका सुरेश अधिकारीलाई उम्मेदवार बनाएको छ।

आफूहरूलाई पार्टीले अन्याय गरेको भन्दै शाहले गठबन्धनविरुद्ध उम्मेदवारी दिन बाध्य भएको बताए। शाहले पार्टी परित्यागसमेत गरेका छन्।

ad
ad