१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:११:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

टिकट वितरणले एमालेमा तरंग : घनश्याम भुसालले गरे विद्रोह, पार्टी परित्याग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:११:oo

नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टी परित्याग गरेका छन्। पार्टी अध्यक्ष ओलीको दम्भ र स्वेच्छाचारिताको कैदी भएको भन्दै उनले पार्टी परित्यागको घोषणा गरेका हुन्।

'अहिले यो पार्टी कमरेड केपी शर्मा ओलीको दम्भ र स्वेच्छाचारिताले- केवल दम्भ र स्वेच्छाचारिताको कैदी हुन पुगेको छ,' सामाजिक सञ्जालमा उनले लेखेका छन्, 'म स्वयंले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामर्थ्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनर्स्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैँप्रति पनि इमान्दार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु।'

अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटनको विपक्षमा उभिने पार्टीका नेताहरूलाई टिकट नदिने नीति लिएपछि एमालेमा तरंग छाएकाे छ। ओलीले भुसाल र भीम रावलसहितका नेताहरूलाई पन्छाएर उम्मेदवार टुंग्याएका छन्।

यसअघि निर्वाचन क्षेत्र समन्वय कमिटीले सर्वसम्मत उम्मेदवार सिफारिस गरेका रावललाई ओलीले टिकट नदिएपछि अछाम क्षेत्र नं १ निर्वाचन कमिटीका संयोजक प्रकाश शाहले पदबाट राजीनामा दिइसकेका छन्।