१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज १९ बुधबार
  • Wednesday, 02 July, 2025
२o७९ असोज १९ बुधबार १९:o२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बबई नदीमा आएको बाढीले राप्ती लोकमार्ग अवरुद्ध, दसैँ मान्न गएका अलपत्र 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज १९ बुधबार १९:o२:oo

लगातारको वर्षाले बबई नदीमा बाढी आएको छ। बाढीले राप्ती लोकमार्ग अवरुद्ध भएको छ। 

लोकमार्गमा पर्ने तुलसीपुर १२ र १३ नम्बर वडा जोड्ने सितलपुर पुलदेखि पश्चिम तिरको कच्वेमा पानीको बहाब अत्याधिक बढेको छ। जसले गर्दा नेपालगञ्ज हुँदै आएका यात्रुहरू अलपत्र परेका छन्। 

यात्रुलाई वारपार गराउनकालागि तुलसीपुर उपमहानगरपालिकाले जेसीवि र टिप्पर पठाएको छ। अवरुद्ध सडक सूचारु हुन नसकेको तुलसीपुर १२ का वडाध्यक्ष खुसीराम चौधरीले जानकारी दिए। 

उनका अनुसार कच्वेको बीचमा रूख अड्किएकाले त्यसलाई हटाउन केही समय लाग्ने भएको छ। 

अहिले त्यहाँको अवस्था सहज बनाउन उपमहानगरपालिकाको विपत् व्यवस्थापन टोली त्यहाँ पुगेको छ। 

कच्वेमा दिउँसोदेखि पानीको बहाब बढेको हो। पुलदेखि पश्चिम तिरको बस्ति पनि उच्च जोखिममा परेको छ। 

मंगलबारदेखि परेको पानीले दाङका अन्य नदी तथा खोलामा पनि पानीको बहाब बढेको छ। जसले गर्दा जनजीवन प्रभावि भएको छ।

वर्षाले तुलसीपुर उपमहानगरपालिका १३ को बखरीया, वडा नं. ११ को मोतिपुर, दंगीशरणको बाँकीलगायतका आसपास क्षेत्र बाढीको उच्च जोखिममा छ्न्। जिल्ला विपत् व्यवस्थापन समितिले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।