१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज १७ सोमबार १३:५२:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

इरानबाट चीन जाँदै गरेको विमानमा बमको आशंका

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज १७ सोमबार १३:५२:००

इरानको तेहरानबाट चीनको ग्वाङ्झुका लागि उडेको तेहरान एयरलाइन्सको आइआरएम ०८१ विमानमा बम भएको खबर छ । विमान चीनतर्फ जानुपर्ने भए पनि बम भएको खबरसँगै विमानका चालक दलले आकस्मिक अवतरणका लागि भारतको दिल्लीस्थित एटिसीसँग अनुमति मागेको थियो ।  विमान आकस्मिक अवतरणका लागि प्रयास भइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

फ्लाइटको तर्फबाट दिल्ली एटिसीलाई विमानको आकस्मिक अवतरणको अनुमति मागिएको थियो । बिहान नौ बजेर आठ मिनेटमा अनुमति मागेको विमान करिब ४० मिनेटसम्म दिल्ली एयरस्पेसमै घुमिरहेको थियो । 

तर, दिल्ली एटिसीले अवतरणको अनुमति नदिई जयपुरतर्फ जाने सुझाब दिएपछि विमान जयपुरतर्फ मोडिएको थियो । तर, त्यहाँ पनि अवतरण नभएपछि विमान चीनतर्फ नै मोडिएको बताइएको छ । 

आतंककारी गतिविधिको आशंकामा दिल्लीमा अवतरणको अनुमति नदिइएको अनुमान गरिएको छ । घटनाको पूर्ण विवरण आउन सकेको छैन ।