मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असोज १४ शुक्रबार
  • Thursday, 18 September, 2025
२o७९ असोज १४ शुक्रबार १८:o१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अझै खुलेन नुवाकोट बुधसिंहघाटको पहिरो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज १४ शुक्रबार १८:o१:oo

त्रिशूली–गल्छी सडकखण्डअन्तर्गत बेलकोटगढी नगरपालिका– ७ बुधसिंहघाटमा गएको पहिरो पन्छाउने क्रम जारी छ। शुक्रबार बिहानैदेखि पहिरो हटाउन सुरु गरिए पनि साँझ ६ बजेसम्म पहिरो हटाउने काम सकिएको छैन।

बिहीबार बेलुकी करिब साढे ५ बजेतिर उक्त खण्डमा पहिरो गएको थियो। नुवाकोटबाट गएका चार र गल्छीबाट आएका दुई गरी ६ वटा एक्स्काभेटर प्रयोग गरिए पनि साँझसम्म बाटो खुलाउन नसकिएको नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिए।

रातको समयमा जोखिम हुने भएकाले भोलि बिहान मात्रै पहिरो पन्छाउने कामलाई निरन्तरता दिइने अर्यालले बताए। सडक विस्तारको क्रममा पहाड धेरै काटिएका कारण उक्त खण्डमा पहिरो गएको हो।