मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असोज १४ शुक्रबार
  • Wednesday, 02 September, 2026
एजेन्सी एजेन्सी
२o७९ असोज १४ शुक्रबार १४:४४:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

काबुलकाे शैक्षिक केन्द्रमा आत्मघाती बम हमला, १९ को मृत्यु

Read Time : < 1 मिनेट
एजेन्सी, एजेन्सी
नयाँ पत्रिका
२o७९ असोज १४ शुक्रबार १४:४४:oo

अफगानिस्तानको राजधानीमा अवस्थित परीक्षा तयारीका लागि खोलिएको एक शिक्षा केन्द्रमा शुक्रबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ। 

पश्चिमी काबुलको दस्त–ए–बर्ची नजिक विस्फाेट भएको प्रहरीले जनाएको छ। 

अल्पसंख्यक हजारा समुदायको मुख्य रूपमा शिया मुस्लिम क्षेत्रमा अफगानिस्तानको सबैभन्दा घातक आक्रमणहरू लक्ष्य गरिएको पाइएको छ। 

विद्यार्थी परीक्षाको तयारी गरिरहेका वेला यस शैक्षिक केन्द्रमा आत्मघाती बम हमला भएको थियो।

‘दुर्भाग्यवश, १९ जना मारिएका छन् र अन्य २७ जना घाइते भएका छन्,’ काबुल प्रहरीका प्रवक्ता खालिद जाद्रानले भने। 

यस उच्च शैक्षिक केन्द्रले विद्यार्थीलाई विश्वविद्यालय प्रवेश परीक्षाको तयारी गर्न प्रशिक्षण दिने गरेको जनाइएको छ।

एम्बुलेन्सबाट घाइतेलाई उपचारका लागि क्षेत्रीय अस्पताल लगिएको छ। 

आक्रमणमा घाइते भएका एक विद्यार्थीले एएफपीलाई दिएकाे जानकारीअनुसार आत्मघाती बम विस्फोटमा ज्यान गुमाउनेमा अधिकांश केटी रहेकाे जनाइएको छ।  परीक्षाकाे तयारीका लागि कक्षाकोठामा करिब ६ सयजना रहेका थिए।