१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
रासस काठमाडौं
Invalid date format १६:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एकैदिन ४३ सवारीसाधन कारबाहीमा

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:२o:oo

दसैँको वेलामा यात्रुलाई सुरक्षित यात्रा गराउने उद्देश्यले जिल्ला प्रहरी कार्यालयले सवारीसाधन जाँचलाई कडाइ गरेको छ।

आज एक सय १० सवारीसाधन जाँच गर्दा नियमविपरीत भेटिएका ४३ सवारीसाधन कारबाहीमा परेका हुन्।

दसैँका वेलामा सवारी दुर्घटना न्यूनीकरण अभियानअन्तर्गत सवारीचालकहरूलाई  यात्रुलाई अनावश्यक हैरानी नदिन, तोकिएको भाडादरभन्दा बढी भाडा नलिन, चालक, सहचालक र यात्रुलाईसमेत प्रहरी टोलीले सतर्क गराएको छ।

प्रहरी प्रमुखसहित आठजनाको टोलीले जिल्लाका विभिन्न स्थानमा जाँच गरेको थियो भने माथिल्लो डुंगेश्वर, तल्लो डुंगेश्वर, दैलेख, सुर्खेत सडकखण्डको जिरो प्वाइन्ट दुल्लु, राकम कर्णाली राजमार्ग, रानीमत्ता, पाल्तडाका विभिन्न मातहतका प्रहरी चौकीमार्फत जिल्लाभर सवारी जाँच गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख भुवनेश्वरप्रसाद शाहले बताए। 
 
यस्तै दसैँ नजिकिएसँगै देश–विदेशबाट जिल्ला फर्कने क्रम बढिरहेको छ।  जिल्लाको आठबिस नगरपालिका, गुराँस, प्रहरी चौकी तल्लो डुंगेश्वर, प्रहरी चौकी बेस्तडा नारायण नगरपालिकालगायत १० स्थानमा यात्रु सहायता केन्द्र स्थापना गरिएको छ।  

यात्रुहरूका समस्या समाधानसँगै चाडबाडका वेलामा आइपर्ने अन्य समस्या समाधानका लागि यात्रुकक्ष स्थापना गरिएको  प्रहरीले जनाएको  छ।